श्रद्धेय स्वाभिमानी प्रगति पथमा देखिने अग्रगामी !
बिद्या पारङ्गत उचित ब्यबहार शास्त्रको अर्थ कामि ! !मायालु स्नेह्दायी अनुजहरुमा योग्य निर्देश दाता !
निष्ठा आस्था जर अजरहरुमा दृस्टी भेदको सुज्ञाता ! !
उच्चासन्को महिमा अविरल युक्त बिद्या अलंकृत !
ठाडोमस्तक पुजित गुणहरुको मान्यताप्राप्त सु-नृत ! !
यस्ता सेवी गुरुजन हरु छात्रका हुन् अलंकार !
फेरी फेरी गुरु चरणमा गर्दछु म नमस्कार !
प्रतिक्रिया