समर सांगीतिक धमाकामा डालस नाच्ने !!

इनेप्लिज २०७३ साउन ३ गते ५:२० मा प्रकाशित

vlcsnap-2016-07-17-12h17m29s995युएस खबर एलएलसी को प्रस्तुति समर म्युजिकल धमाका यहि आउँदो अगष्ट ५ तारिकमा हुने भएको छ। उक्त सांझलाई अबिस्मरणिय बनाउन नेपालका चर्चित युवा गायक तथा गायिका आउंदैछन् । “म बिना कसै कसैलाई गाह्रो छ पोखरामा” भन्ने गीत बाट चर्चामा आएका पप गायक प्रमोद खरेलको साथै “चौबन्दीमा पटुकी बांध्या छैन भन्दैमा” भन्ने बोलको गीतबाट आधुनिक नेपाली दर्शक श्रोताको मनको ढुकढुकी बन्न सफल गायिका आस्था राउत नेपालबाट आफ्नो कला देखाउन आउंदैछन भने अमेरिकी नागरिक भएर नेपाली लोक दोहोरीमा बिध्यावारिधी गर्नु भएकी र थुप्रै नेपाली लोक गीत गाइसक्नु भएकी लोक गायिका अन्ना स्टिर पनि उक्त कार्यक्रममा आउंदै हुनुन्छ। त्यस्तै भिम चापागाईं र भिम थापा स्थानीय कलाकारहरुले प्रस्तुति दिनु हुनेछ। साँझ ७:३० बजेबाट शुरु हुने कार्यक्रम समाप्ति संगै डिजे नाइट पनि संचालन हुँदैछ।

aastha raut

कलाकार आउने र जाने क्रम अमेरिकामा बाक्लिएको छ। दर्शकहरुलाई कुन कार्यक्रममा जाने वा नजाने भन्ने दुबिधा समेत हुने स्थिति देखिएको छ। हप्तै पिच्छे केहि न केहि कार्यक्रम हुँदा आर्थिक भारको कारण पनि छान्नु पर्ने अवस्था सिर्जना हुँदै गएको देखिन्छ। दर्शकहरुको भिन्न स्वाद र रुचिलाई ख्याल गर्न सकेन भने आयोजना गरिएका कार्यक्रमहरु फिक्का हुन सक्ने अवस्था पनि सिर्जना हुँदै गएको छ। त्यहि चुनौतीलाई मध्यनजर गर्दै युएस खबरले सबैको रुचि सम्बोधन गर्ने गरी यो समर म्युजिकल नाइट गर्न लागेको छ। यसमा सबै खाले जिव्रोलाइ स्वाद दिने मसला राखिएको छ। जसरि बफेमा तपाईंले आफ्नो रुचि अनुसारको खाना आफै निकालेर खान सक्नु हुन्छ, त्यस्तै अबधारणा अनुसार यो कार्यक्रमको डिजाइन गरिएको छ।

ticket

युवा युबतिहरुका माया पिरती, प्रेम बिछोड, धोका र मिलनका सबै खाले गीत गाएर सबैको मनमा बस्न सफल प्रमोद खरेल अहिलेको नेपाली सांगीतिक बजारका नामी गायक हुन्। जस्ता पनि र सस्ता गीत नगाउने प्रमोद खरेल अलि भावनामा बगाउने गीत गाउन माहिर मानिन्छन। नजानिँदो गरी तपाईंलाइ आफ्नो प्रेमको पोखरीमा चुर्लुम्म डुबाइदिने गीत गाएर सबैको मनमा बस्न सफल खरेल फेरी एकपटक डालस आउंदैछन्। आफ्नो सम्पूर्ण कला पोखेर दर्शकलाई मनोरंजन दिन उनलाई डालस आउंदै छन्। अलि भावनामा डुब्न चाहने दर्शकको लागि उनको प्रस्तुति मिठो हुनेमा कुनै शंका छैन। त्यस्ता दर्शकको लागि युएस्खबरले आयोजना गरेको यो सांगीतिक धमाका नछुटाउनु राम्रो देखिन्छ।

????????????????????????????????

त्यसमा अर्को मिठो मसला आस्था राउतको प्रस्तुति हुनेछ। उनि युबाहरुकी ढुकढुकी हुन्। युबाहरुलाई जुरुक जुरुक बनाउने प्रस्तुति दिन सिपालु आस्था राउत स्टेजको प्रस्तुतिको लागि चर्चित मानिन्छिन। डालसमा पहिलो पटक प्रस्तुति दिन लागेको राउतले आफु रित्तिने गरी डालसमा पोखिने जानकारी दिएकि छिन। युवाहरुको ढुकढुकी आस्था रोमाण्टिक गीतको लागि चर्चित मानिन्छिन। उनको स्टेजको प्रस्तुतिबाट मनोरंजन युवाले मात्र होइन दाह्री जुँगा फुलेका बुढाहरुले पनि लिन सक्ने देखिन्छ।
त्यस्तै अर्को आकर्षण अन्ना स्टिर हुन्। अमेरिका द्वारा शाशित एउटा टापु हवाईमा बस्ने अन्ना त्यो समुद्र पार गरेर डालस आउंदै छिन। नेपाली लोक दोहोरीमा बिद्याबारिधि गरेकी र नेपाली प्रगतिशील गीतहरुमा अनुसन्धानमा ब्यस्त अन्नाले थुप्रै नेपाली लोक दोहोरि गीत गाएकी छिन भने स्टेजमा प्रत्यक्ष दोहोरि गाउन पनि माहिर छिन। अमेरिकन नागरिक भएर पनि टिपिकल नेपाली नेपाली भाषीले भन्दा राम्रो बोल्ने अन्ना दर्शकलाई भरपुर मनोरंजन दिने दृढता ब्यक्त गरेकी छिन। लोक गीत र दोहोरि गीत मन पराउने जिब्रो भएका दर्शकको लागि मात्र होइन अमेरिकन महिला नागरिकले नेपाली लोक गीत गाएको हेर्न चाहनेहरुको लागि यो सुबर्ण अवसर हो । त्यस्तै स्थानीय भीम चापागाईं र भिम थापा लगायतले पनि बिचबिचमा मसलाको रुपमा प्रस्तुति दिनेछन।

pramod-kharel
जम्मा $१५ डलरमा टिकेट उपलब्ध छ भने खानाको लागि सुपथ मुल्यमा सानो किचेन पनि उपलब्ध हुनेछ। यसको संरचना सबैको लागि उपयुक्त छ। अगष्ट ५ शुक्रबारको लागि समय मिलाउने बेला भैसकेको छ। यसलाई मैले “सबै कुरा भएको पोको” अर्थात् कम्प्लिट प्याकेज भन रुचाउँछु। अन्तिममा डिजे नाइट छ। त्यसैले यो कार्यक्रम चाहिं छुटाउनु नहुने खालको छ। तपाईं पनि समय मिलाई हाल्नुस र युएस खबर एलएलसी द्वारा आयोजित यो समर सांगीतिक धमाकामा आफुलाई समाहित गर्नुस। काम र अमेरिकामा हुने अन्य टेन्सनबाट केहि समय छुटकारा लिनुस, मस्ती गर्नुस। तपाईंको पैसाको एक एक हिसाब असुली हुने कुरामा दुबिधा नराखी आजै टिकेट किन्न सम्पर्क गरिहाल्नुस।

प्रतिक्रिया