गजब रहेछ जिन्दगी
इनेप्लिज
२०७३ साउन २ गते ११:२७ मा प्रकाशित
एकबारको यो जिन्दगि
निर्धक्क जिउँन पाउनु पर्छ
भन्थे,
तर, फर्केर आउँछ आँधी
एक्कासि आउँछ भुमरी
निस्सासिन्छ यो स्वास
गुमाउँदा सोच्ने शक्ति
मर्नु भन्दा बन्धनमा नै
बाँच्न पाए पनि हुन्छ
जिन्दगि,
भन्ने बाध्य गराउँन सक्छ
मलाई डर लाग्छ
पिजडाको सुँगा देखि
खाना पाएर के भो
आफ्नो स्वतन्त्रता
नै खोसे पछि
राम्रो लाउँन पाएर त के भो
आफ्नो अस्तित्व नै
नरहे पछि।
बर्तमानमा बाँच्नु पर्छ
जिन्दगि भन्थे,
तर, बिगतलाई कोट्याएर
दोष देखाएर
चरित्रहिन नारी बनाएर
आफ्नो पुरुषार्थ
देखाउन खोज्छन
बर्तमान
निर्धक्क जिउन पाउनुपर्छ
भन्थे जिन्दगी,
तर, आज आफ्नै जिन्दगि
त्यो प्रश्नको उत्तर खोजि रहेछ
कस्तो गजब रहेछ जिन्दगि
कस्तो गजब रहेछ जिन्दगि।
प्रतिक्रिया