डिसीमा ग्रीष्मकालीन संगीतात्मक साँझको भब्य तयारी

इनेप्लिज २०७३ साउन २ गते १:३३ मा प्रकाशित

FotoFlexer_Photoडिसी महानगर क्षेत्रमा लामो समय पश्च्यात नेपालका ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तुति भएको सांगीतिक कार्यक्रम समर म्युजिकल साँझ हुने भएको छ l

कार्यक्रम आगामी जुलाई ३० तारिख शनिबार डिसी नजदिक भर्जिनिया राज्यको अलेक्जेंड्रियामा हुने भएको छ l उक्त ग्रीष्मकालीन संगीतात्मक साँझको आयोजना भिन्तुना अन्तरराष्ट्रियको प्रस्तुति हुनेछ l उक्त सांगीतिक साँझ नामक कार्यक्रममा कोलोराडोमा बसोबास गर्दै आएका प्रसिद्ध गायक दिपेश भट्टराई तथा न्यु योर्कमा बस्दै आएका चर्चित गायक हरिस माथेमाको बिशेष प्रस्तुति हुने छ l

यसै गरि गायक बिजय अधिकारी तथा गायक सुनिल उप्रेतीले पनि गित प्रस्तुत गर्ने छन् l सबै कलाकारले प्रतक्ष्य संगीत माध्यम (लाइभ ब्याण्ड ) प्रस्तुति गर्ने छन् l उक्त कार्यक्रममा नेपाली चलचित्रकि नायिका नन्दिता केसी ,प्रख्यात गायक तथा नायक बाबु बोगटी को समेत बिशेष प्रस्तुति हुने छ l  यसै गरि अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएकी नया पिढीकि गायिका निक्की कार्की समेतको बिसेष प्रस्तुति हुने भएको छ l

navin kc

यसै गरि डिसी क्षेत्रमा लामो समय देखि बस्दै आएका नृत्य निर्देशक नबिन केसीको प्रस्तुति हुने छ l उक्त संगीतात्मक साँझको प्रवेश शुल्क अग्रिम रुपमा बिधुतिय प्रणाली तथा आयोजक संग खरिद गर्दा केवल $ २० डलर राखिएको छ भने कार्यक्रम स्थलमा खरिद गर्दा $ २५ डलर राखिएको जानकारी आयोजकले दिएका छन् l

यस कार्यक्रममा प्रसिद्ध नेपाली चलचित्र रेशम फिलीलिको जालमा नृत्यको प्रस्तुति अमेरिकाको बाल्टिमोरमा छायांकन गरिएको नेपरकक्रिजको प्रस्तुति समेत हुने भएको छ l उक्त जालमा नृत्यका कलाकार राज श्री श्रेष्ठ ,नदीम महर्जन ,कामना अधिकारीको प्रस्तुति हुने छ l अहिले सम्म कै उत्कृष्ट ग्रीष्मकालीन संगीतात्मक साँझ रहेको उक्त संगीत साँझमा उपस्थितिको लागि सबै डिसी महानगर क्षेत्रमा बसोबास गर्ने सबैलाई आग्रह आयोजकले गरेका छन् l

summersanjh--518x800

प्रतिक्रिया