बज्जिका साहित्य गोष्ठी सम्पन्न

इनेप्लिज २०७३ साउन १ गते १८:५४ मा प्रकाशित

20160716_142459[1]

बज्जिका साहित्य संगम रौतहटको आयोजनामा साहित्य गोष्ठी सम्पन्न भएको छ । संगमका संयोजक संगमका संयोजक श्याम सहनी चन्दांशुको अध्यक्षतामा मित्रनगर गरुडा, रौतहटस्थित तुलसीलाल स्मृति सभा भवनमा सम्पन्न कार्यक्रममा विभिन्न विधाका साहित्यिक रचनाका साथै बज्जिका भाषा र साहित्यको विकासमा क्रियाशीलता बढाउने उदेश्यले अन्तक्र्रिया पनि गरिएको छ ।

कार्यक्रममा रेणु गुप्ता, किशुन दयाल यादव, मेनका साह, विजया लक्ष्मी गुप्ता, राम शीला सहनी, हिमांशु गुप्ता, समतोलिया मुखिया, राजेन्द्र साह, संजय महतो राज, संजय मित्र, संगीता सहनी, कविता कुमारी सहनी, सफिन्द्र प्रसाद यादव लगायतले कविता, कथा, गीत, मुक्तक प्रस्तुत गरेका थिए । आगामी कार्यक्रमको  कवयित्री मेनका साहलाई संयोजक चयन गरिएको छ । बज्जिका साहित्य गोष्ठीमा बज्जिकाका परिचित साहित्यकारहरुको नियमित उपस्थित भइरहेको भए पनि नयाँ युवा पुस्तालाई कार्यक्रमप्रति आकर्षित गर्ने विषयमा सम्पन्न कार्यक्रमका सहभागीहरुले नयाँका लागि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्नु उचित भएको छलफलमा आएको संगमका संयोजक चन्द्रांशुले बताएका छन् ।

प्रतिक्रिया