नयाँ टेस्टी दर खाने हिरामायाँको कस्तो रहर ? (भिडियो)

इनेप्लिज २०७३ असार ३१ गते १३:४० मा प्रकाशित

hira6

काठमाडौं । नेपाली संगित क्षेत्रमा निरन्तरको संघर्ष संगै छोटो समयमा आफूलाई चर्चित बनाउन सफल गायिका हुन् हिरामाया बाईवा । संगित क्षेत्रमा लाग्ने सानैदेखि रुचि लिएर अघि बढेकी उनी २०६७ सालबाट औपचारिक रुपमा नेपाली सांगितिक क्षेत्रमा पाईला चालिन् । उनले हालैमात्र नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको गित सार्वजनिक गरेकि छन् । टेस्टी टेस्टी दर चाहियो बोलमा रहेको रमाईलो तीज गित उनले सार्वजनिक गरेकि हुन् ।

दिनेश सुबेदीको शब्द रहेको उक्त गितमा हिरामाया बाईबालाई गायनमा बाबुल गिरीले साथ दिएका छन् । स्मृति तिमिल्सिनाको निर्देशन रहेको गितको छायांकन भृकुटीमण्डपको रमणीय दृश्यमाझ गरिएको छ । परार पनि खाईयो दर, पोहोर पनि खाईयो, यसपाली त नयॉ नौलो टेस्टी दर चाहियो भन्दै गायिका हिरामाया स्वयम आफू पनि नृत्य गरेकि छन् । गित निकै राम्रो रहेको बताउँदै हिरामायाले सबै दर्शक श्रोतालाई गीत हेरेर–सुनेर प्रतिक्रिया दिन अनुरोध गरेकी छन् ।

हेर्नुस् भिडियोः – 

 

प्रतिक्रिया