जापानको फ़ुकुओकमा वर्ल्ड नेवा: अर्गनाइजेशन जापान गठन

इनेप्लिज २०७३ असार ३१ गते ५:१८ मा प्रकाशित
Fukuoka Photo 1
टोकियो (जापान),१५ जुलाई ।
नेपालका विभिन्न जिल्लाबाट जापानको फ़ुकुओका क्षेत्रमा बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवा: अर्गनाइजेशन जापान , फुकुओका गठन गरेको छ ।
Fukuoka photo 2
नयाँ गठित अर्गनाइजेशनले अशोक शाहीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । अर्गनाईजेशनको सल्लाहकारमा सुगम श्रेष्ठ र नितु खड्की , उपाध्यक्षमा विकाश प्रधान , कोषाध्यक्षमा पृथ्वी श्रेष्ठ , सचिवमा आशिष खड्की र सह -सचिवमा सजिना रञ्‍जित रहेका छन् । त्यस्तै सदस्यमा धर्म महर्जन ,समुन्द्र श्रेष्ठ ,अनिल श्रेष्ठ ,अंकित श्रेष्ठ र रवि महर्जन रहेका छन् ।
Fukuoka Photo 3
अर्गनाईजेशनले नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक पहलमा एकताबद्ध हुने उद्देश्यले अर्गनाईजेशन  गठन गरिएकोे जनाएको छ ।
हाम्रो संस्कृतिको सरंक्षण र संबर्धन,संन्सार भर छरिएर रहेका नेपालीहरुसंगको समन्वय ,आफुसंग भएको सीप ,ज्ञानको प्रचार र नेपालमा केहि आर्थिक सहयोग गर्ने उद्वेस्यले वर्ल्ड नेवा:अर्गनाईजेशन जापान, फ़ुकुओका गठन गरिएको जनाएको छ  l
Fukuoka Photo 4
आफ्नो क्षेत्रबाट नेपाल र नेपालीको लागि के कस्तो सहयोग गर्न सकिन्छ भन्ने भावना बाट  प्रेरित भई निस्वार्थ भावनाले लाग्नु नै यसको मूल कार्य रहेको कुराको जानकारी अर्गनाईजेशनका अध्यक्ष अशोक शाहीले दिनुभयो l
wno logo
वर्ल्ड अर्गनाईजेशन जापान, फ़ुकुओकाका प्रतिनिधि राम कृष्ण श्रेष्ठको सक्रियतामा फ़ुकुओका शाखाको गठन भएको हो l
https://www.facebook.com/wnojapan/

प्रतिक्रिया