अमेरिकामा घर किने पनि मानिस किन टाट पल्टीदैन ?

इनेप्लिज २०७३ असार ३१ गते १:५७ मा प्रकाशित

BIJAY-THAPA

अमेरिका प्रतिष्ठा (क्रेडिट)मा चल्ने राष्ट्र हो l ख्याती (क्रेडिट) उत्तम बन्यो भने अमेरिकामा कसैले पनि रोक्दैन l अमेरिका आउना साथ त्यो कुरालाई ध्यान दियो भने कुनै तगारोले छेक्न सक्दैन l

जताततै क्रेडिट (ख्याती) को चर्चा र परिचर्चा हुन्छ l मुद्रा कमाएको छ तर ख्याती राम्रो छैन भने कसैले पत्याउदैन अमेरिकामा l अमेरिका पद्धतिमा चलेको देश हो l पद्धतिले मानिसलाई चलायमान बनाई दिन्छ l केहि गर्नु पर्दैन l प्रतिष्ठा राम्रो भए जे पनि खरिद गर्नु पर्ने सरल रुपमा पाइन्छ l किन्छु मात्र भन्नु पर्छ बेच्नेको ताती l

तर ख्याती राम्रो छैन भने खरिदको ख पनि बिक्रेताले सुन्न मान्दैन l ख्याती नराम्रो छ भने दिने सकिने अवस्था छैन पछि खबर गरुला भनि आलटाल गरि दिन्छन l अमेरिकाको यथार्थता हो l सपनाको संसार अमेरिका आउनु नै सबै भन्दा भाग्यशाली भैईन्छ l र, दुई चार बर्ष काम गरे पछि घर समेत किन्ने मौका अमेरिकामा पाउनु त्यो भन्दा ठुलो कुरा केहि हुदैन l

तर त्यसको लागि ईमान्दारिता चाहिन्छ l खाएको र उपयोग गरेको चिज को भुक्तानी समयमा मात्र चुक्ता गर्यो भने घर फालाफाल किन्न पाईने निश्चित हुन्छ l अमेरिकामा सबैले यसरि नै घर खरिद गर्दछन l आस्चर्यको कुरा अमेरिकामा नेपाल जस्तो घर किने पछि मानिसको आर्थिक पक्ष हालत पतला हुदैन l अमेरिकामा घर किने पछि मानिस नेपाल जस्तो जोगी पनि हुईदैन l घर किन्नको लागि पत्नीको गर गहना बेची रहनु पनि पर्दैन l

घर किन्नको लागि जग्गा धितो,बेच बिखन ,सापटी पनि मागी रहनु पर्दैन l नेपालमा घर किने पछि भिखारी को जस्तो हालत पनि हुदैन किनभने त्यत्रो डलर कमाई भै सकेको हुदैन l नेपालको परिपेक्षमा जीवन भरको कमाईले एउटा घर बनाउने नेपालीहरुको सपना हुन्छ l यसरि बनाउने पनि गरिन्छ l

व्यापार ,भ्रष्टाचार आदि ईत्यादिको बिषय उठान गरिएको छैन l उनीहरुलाई घर बनाउन कुनै आईतबार कुरी रहनु पर्दैन l आम नेपाली र बिशेष त जागिर गरेर जोहो गरेको पैसाले आम नेपालीको अवस्था बारेमा चर्चा गरिएको हो l

नेपालमा औसतमा घर किने पछि मानिस आर्थिक रुपले कम्जोर हुन्छ l बर्षौ बर्ष सम्म आर्थिक रुपले थला परेको हुन्छ l घर किने पछि हरेक कुराको गुणा भाग गरेर चल्नु पर्छ l हिसाब किताब गरेर दैनिकी गुजार्नु पर्ने हुन्छ l किनभने नेपालमा घर किन्दा पत्नीको गर गहना समेत बेच्ने चलन पनि हुन्छ l जग्गा बेचबिखन गर्ने र घर बनाउने पनि अवस्था सिर्जना हुन्छ तर अमेरिकामा उल्टो अवस्था हुन्छ l केहि रकम चाहिन्छ तर ख्यातीले प्रसस्त काम गर्दछ l त्यो राम्रो भए सबै कुरा सकारात्मक हुन्छ l

किनभने घरहरु किस्ता बन्दीमा खरिद बिक्रि हुन्छ l किस्ता बन्दिमा घर पाए पछि त्यो कुराहरु केहि गर्नु पर्दैन l सबै भन्दा महत्वको कुरा चाही तपाईको ख्याती कति राम्रो छ l बेईमानी गरि खाएको उपयोग गरेको चिजको भुक्तानीमा बिलम्ब र आलटाल गरेको रहेछ भने तपाईले तपस्या गरे पनि घर किन्न सक्नु हुन्न l अमेरिका मानिसको व्यक्तिगत ख्यातीमा अडेको छ l यसले तपाईको भाग्य चम्काउने छ l

नेपालमा घर बनाउदा या किन्दा सम्पूर्ण सकेर जस्तो अमेरिकामा किन्ने चलन हुदैन l अर्थ चाहिन्छ र केहि प्रतिसत जम्मा गर्नु पर्ने पनि हुन्छ तर नेपाल जस्तो आफन्त ,साथीभाई ,ईस्ट मित्र ,परिवार संग लिने चलन नभएता पनि अचेल नेपाली समुदायमा यस्तो बढ्दै छ l सहयोगको भावना जागृत भै रहेको अवस्था पनि छ l

अमेरिकाको घर खरिद बिक्रीमा काम गर्दै आएको संस्था जिल्लोको अध्ययन अनुसार अमेरिकामा मानिसले १९७० र १९८० को दशकमा उमेर भएका र एकल भएकाले पहिलो पटक घर किन्ने गरेको ईतिहासले देखाएको बताएको छ l

अर्को अध्ययन अनुसार मानिसले कम्तिमा औसतमा ६ बर्ष सम्म घर बहालमा बसे पछि घर खरिद गर्ने जनाएको छ l तर १९७० ताका मानिस औसतमा अढाई बर्ष घर बहालमा बसे पछि घर किन्ने गरेको देखाएको छ l

आस्चर्यको कुरा ,१९७० आफ्नो बार्षिक कमाई भन्दा १.७ प्रतिसत ज्यादा घरको दाम भएको किन्ने गर्थे भने अहिले बार्षिक आम्दानी भन्दा झन्डै २.६ प्रतिसत ज्यादा भएको घर किन्ने गरेको देखाएको छ  l अमेरिकामा मानिसले ३३ बर्षको औसत उमेरमा घर किन्ने आंकडाले देखाएको छ l यसै गरि मध्यम प्रकारका आम्दानी करिब ५५ हजार भएकाले घर किन्ने गरेको देखाएको छ l

तर ८० को दशकमा ५२ प्रतिसत प्रथम घर खरिद कर्ता बिबाहित थिए भने हाल ४० प्रतिसत मात्र बिबाहितले घर किन्ने गरेको अनुसन्धानले देखाएको छ l अप्रवासीलाई अमेरिकामा घर किन्न कम्तिमा दुई बर्षको कर तिरेको हुनु पर्ने हुन्छ l नेपाल बाट ल्याएको पैसा प्रसस्त छ भने पनि श्रोत खुलेन भने घर किन्न पाइदैन l कमाई देखाउनु पर्ने हुन्छ l

जे भएता पनि अमेरिकामा घर किने पछि पनि मानिस खरानीको तालमा पुग्दैन किनभने सबै सिरीखुरी सकेर घर किनेको हुदैन l भिक्षा पनि माग्नु पर्ने अवस्था पनि हुदैन l टाट पनि पल्टिदैन l भिखारी जस्तो हाल पनि हुदैन किनभने मानिसको ख्याती राम्रो बनिएको छ भने घर सजिलो संग पाईने छ l अमेरिकामा यति कुरा प्रतिष्ठाको मात्र ख्याल गरे घर फ्यालाफ्याल l

प्रतिक्रिया