सिताराम पोखरेलको “आखा भरि रंगिन सपना” गीतको म्युजिक भिडियो सांगीतिक बजारमा (भिडियो सहित)

इनेप्लिज २०७३ असार २९ गते १२:१७ मा प्रकाशित

cover pic

काठमाडौँ : नेपाली गित/संगीत क्षेत्रमा २०४४ साल देखि निरन्तर रुपमा लागिरहेका गायक सिताराम पोखरेलले एसियन म्युजिकले उत्पादन गरेको सम्मान-२ एल्बमको “आखा भरि रंगिन सपना” गीतको म्युजिक भिडियो लिएर दर्शक सामु आएका छन l आज देखि उक्त म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानल हरुमा र युटुब्मा हेर्न पाइने भएको छ l

हालै मात्र सुटिंग भएको सो भिडियोको निर्देशन समन अधिकारिले गरेका हुन् जसमा गायक पोखरेल सहित मोडल सुप्रिया कटवाल, संचारकर्मी सुर्य चन्दले अभिनय गरेका छन l सधै चक्लेटि हिरोको रुपमा देखिने गायक पोखरेललाई यस भिडियोमा भने राजकुमारीको भारदारको रुपमा देख्न पाइनेछ l यस गीतको गीतकार स्व. दिपक कौडन्य तथा संगीत किरण कडेल रहेका छन l

भिडियो हेर्नुहोस

प्रतिक्रिया