अमेरीकाको पत्ता र डलर दुबै हरीयो अमेरीका देखेर पेट र मन पनि भरीयो

इनेप्लिज २०७३ असार २९ गते ११:४० मा प्रकाशित

puskar-2-1-300x225

अमेरीकाको पत्ता र डलर दुबै हरीयो
अमेरीका देखेर पेट र मन पनि भरीयो
अमेरीका आएर भन्छन के के न गरीयो ?
के गर्नु ,नेपालमा शाहुको ऋण र ब्याज तिरियो

अमेरीका आउने नेपालीहरु सबै डीभी लटरीमा परे
नेपालबाट अमेरीका घमाघम बसाई पनि सरे
हवाई जहज र पानी जहाज़ चढेर समुन्द्र तरे
अमेरीका के के न हुन्छ भन्थे बल्ल फेला परे

आको भोली पल्टै काम गर्न थालीयो
पॉच बर्षमा अंग्रेज़ी हैन हिन्दी बढ़ी बोलीयो
नेपालमा पढीयो कलेज आईए र बीए
अमेरीका आएर भैयों ईन्डीएनको पिए

नेपालीहरु गर्छन ईन्डीया र ईन्डीएनलाई गाली
काम गर्दा गर्दै त्यही ईन्डाएन संग पोईलागई साली
शुरु शुरुमा अंग्रेज़ी बुझ्न साहर्ै गारो
काले र गोरा देखेनै नहुने तातीहाल्थ्यो पारो

प्रतिक्रिया