मलेसियामा दुई दिनमा दुई नेपाली सधैंका लागि निदाए

इनेप्लिज २०७३ असार २९ गते १:१० मा प्रकाशित

IMG_1817 (1)

                                                        (तस्बिरमा मृतक हरि चौधरी )

मलेसियाको सेलेङ्गर राज्य स्थित सिनाइपुलु मा अवस्थित आइडियल एच डि एन बि एच डि कम्पनीमा कार्यरत अनुमानित ३५ देखि ४० बर्सिय सर्लाही निवासी हरि चौधरीको गत शनिबार राती सुतेकै अवस्थामा मृत्यु भएको छ।
चौधरी दुई महिना अघि मात्रै तीन वर्षको करार अबधी पूरा गरि कम्पनीको छुट्टीमा घर गएर पुन मलेसिया आएका थिए। दिनभर काम गरेर बेलुकी खाना खाई सुतेका चौधरी रातको दुई बजे केही पिडादायिक आवाज निकालेका थिए। आवाज सुन्ने बितिकै साथीहरू चौधरी को बेड सम्म पुगेर उठाउन खोज्दा वहाको मृत्यु भईसकेको मृतक संगै काम गर्ने वहाको साथि भिम श्रेष्ठले बताउनु भयो। चौधरीको घरमा श्रीमती, दुई छोरा र दुई छोरी रहेको छ ।

त्यसै गरि गत सोमवार मलेसिया कै बातु पहाड स्थित लिनाको म्यानाफ्याक्चरिङ एच डि एन बि एच डी कम्पनीमा कार्यरत ३२ वर्षिय सनोज कुमार मण्डल को पनि सुतेकै अवस्थामा मृत्यु भएको छ।
सप्तरी हनुमान नगर घर भएका सनोज का घरमा श्रीमती संगै दुई छोरी र एक छोरा रहेका छन्।मृतक सनोज सुनेरा नेपाल ओभरसिज मार्फत करिब सात महिना अघि मात्रै मलेसिया आएका थिए।
मृतक सनोज बिहान अबेर सम्म पनि नउठे पछि साथीहरू ले उठाउन खोज्दा मृत्यु भईसकेको थाहा पाएका थिए।

अहिले मृतक दुबै जनाको शब पोस्टमार्टम का लागि अस्पतालमा राखिएको र शबलाइ आबश्यक प्रक्रिया पुर्याएर
छिट्टै नेपाल पठाउने तयारी रहेको सोही कम्पनी मा कार्यरत मृतक सनोज का मित्र भरत शाहिले जानकारी दिनुभयो।

प्रतिक्रिया