(एन आर एन ) क्यानडाले १५ जना नेपालीहरुको हत्याको क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ भन्दै मन्त्री जोन मकालममा पत्र बुझायो

इनेप्लिज २०७३ असार २८ गते २२:११ मा प्रकाशित

अटवा,आज जुलार्इ १२ मंगलवारका दिन क्यानडाको राजधानी अटवामा गैर आवाशिय नेपाली संघ (एन आर एन )क्यानडाको एक प्रतिनिधि मण्डलले गत जुन २० तारिकमा अफगानिस्तानको काबुलमा भएको १३ जना नेपालीहरु सहित १५ जना निहत्था र निर्दोष मानिसहरुको हत्याको विरोध गर्दै आगामी दिनमा क्यानडा सरकारले आफ्नो रक्षार्थ खटिएका कामदारहरुको सुरक्षाको ग्यारेन्टी गरिनु पर्ने । ती पिडितका परिवारहरुलार्इ उचित क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने । तीनै व्यक्तिहरुमा आश्रित परिवाको मानवियताका आधारमा रेखदेख पालन पोषन तथा पठनपाठन जस्ता संवेदन शिल विषयको क्यानडा सरकारले जिम्मेवारी लिनु पर्ने । प्रेष विज्ञप्ती प्रधान मन्त्री जस्टिन टुडो ,परराष्ट्र मन्त्री स्टेफेन्दियो तथा इमिग्रसड , रेफुजी एवं सिटिजनशिप मन्त्री जोन मकालमका कार्यलयहरुमा बुझायो ।

एन आर एन क्यानडाका उपाध्यक्ष सुरेन उप्रेतीको नेतृतवमा गएको उक्त टोलीमा विभिन्नन नेपाली सँघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया