जेष्ठ नागरिक तथा अपाङ्गलाई सम्मान

इनेप्लिज २०७३ असार २८ गते १२:३१ मा प्रकाशित

13650393_650840535091415_53564830_n

रत्ननगर २८ असार ।
पूर्वी चितवनको कालिका नगरपालिका – ३, गैरीबारी चोकमा आयोजित कार्यक्रममा जेष्ठ नागरिक तथा अपाङ्गलाई सम्मान गरिएको छ । महिला सञ्जाल साविक शक्तिखोरको आयोजना र कालिका नगरपालिका कार्यालयको सहयोगमा भएको कार्यक्रममा २२ जना अपाङ्ग तथा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । महिला सञ्जालको अध्यक्ष विष्णु रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सिग्देल, नेपाली कांग्रेसका मिलन पाण्डे, नेकपा एमालेका लेख बहादुर थापा, माओवादी केन्द्रका रामध्वज डल्लाकोटी, सदस्य विमला लामा, जुना लामा, कोषाध्यक्ष कुल कुमारी मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

13652663_650841511757984_4299668_n 13664853_650839018424900_357033944_n 13672270_650840778424724_1837924476_n

प्रतिक्रिया