राप्रपा नेपाल चितवनमा पुनः तिमिल्सिना

इनेप्लिज २०७३ असार २७ गते ६:१२ मा प्रकाशित

चितवन, २७ असार  राप्रपा नेपाल चितवनको तेस्रो जिल्ला अधिवेशनले पुनः बद्री तिमिल्सिनाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । यस्तै उपाध्यक्षमा दिलीप पाण्डे, सचिवमा जीवलाल पुरी र कोषाध्यक्षमा प्रेम गैरे निर्वाचित हुनुभएको छ ।

आइतबार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले उद्घाटन गर्नुभएको अधिवेशनको साँझ अबेर सम्पन्न बन्दसत्रबाट नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनमा ४८७ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया