शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०३:३०
वासिङटन डिसी 17:45

भूकम्पपीडित र निहित राज्य

इनेप्लिज २०७३ असार २७ गते ०:२१ मा प्रकाशित

SAM_6002

वि.स. २०७२ साल नयाँ वर्षको सुरुवात । बैशाख महिनाको १२ गते शानिवार । मध्याह्न ११ः५६ मिनेट । नेपालको इतिहासमै कहिल्यै नमेटिने घाँउ लागेर बसेको खत बन्यो । ७.६ रेक्टर स्केलको महाविनाशकारी प्रकृतिको प्रलय । जुन वि.स. १९९० साल माघ २ कोे ८.२ रेक्टर स्केलको भन्दा कम थियो । त्यतिवेलाको भूकम्प भन्दा यो भूकम्प धेरै विनासकारी भयो । सम्झना गर्दा अहिलेपनि मन चिसो हुन्छ ।

त्यो दैत्य महाविध्वंशले नेपालको युगौंदेखिका इतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाहरु ध्वस्त बनायो । नयाँ पुस्ताले अव ती कलात्मक रुपका सम्पदाहरु फोटामा मात्र देख्न पाउँनेछन । ३९ जिल्ला प्रभाभित हुने गरी हजारौंको ज्यान ग¥यो, लाखौं अपाङ्ग भए, अरवौंको भौतिकक्षति भयो । सयौं घरपरिवार विहिन भए । लगभग एक मिनेटसम्म आएको हलचल र त्यसपछि निरन्तर आईरहेको पराकम्पनले देशले सर्वश्व नै गुमाउँनु पुग्यो । त्यति वेला देशका प्रधानमन्त्री सुशील कोइराला विदेश भ्रमणमा ब्यस्त थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरीने बेला काठमाडौं, भक्तपुर र ललितपुर जुन तीन भ्याल्लीले मन लोभ्याउने दृश्य देखिएको थियो । त्यो दृश्य स्वदेश फर्कनेवेला देख्न पाएनन् । जुन विदेशमा रहेको जम्वो भ्रमण टोलिलाई मध्यरातमा देखिएको एउटा सपना जस्ता थियो । विपना हो भनेर पत्याउनु पनि कसरी जो अकल्पनीय घटना थियो । “बाजा बजाएर आउँदैन प्राकृतिक विपद” भन्ने उखान सर्वसावित भयो । अन्तर्राष्ट्रिय टोलि उद्धारमा सहयोग गर्न नेपालमा आयो। तर नेपाल सरकार मौन र¥यो । प्रधानमन्त्री बाहिर भएपनि देशको राष्ट्रध्यक्ष डा. रामवरण यादव स्वदेशमै थिए । जसले मुखमा दहि जमाएर बसे । विश्वका संचारमाध्यले नेपालमा महाभूकम्पले विध्वांस भएको समाचार र तस्वितरहरु कैद गरिरहेका थिए । त्यहि कैद गरेको दृश्यलाई हेरेर बस्यो सरकार । तत्काल उद्धार गर्न नसकि आफ्न्तले बचाउ–बचाउ भन्दै गरेको चिरत्कारको आवाज निकाल्दै उनीहरु सदाको लागि विदा भए । ती दृश्य आज पनि हाम्रो आँखाको अगाडी ताराझै चम्किरहेका छन ।

हेर्दाहेदैं १ वर्ष ३ महिना वित्न लाग्यो । समय आफ्नै रफ्तारमा अघि बढीरहेको छ । महाभूकम्पको सम्झनामा वर्ष दिनको बलिगाँठ मनाई सकिएको छ । उद्धारको लागि आएको अमेरिकी हेलिकप्टर दुर्घटनामा परि अमेरिकी र नोपाली नागरिकको ज्यान गयो । जसलाई बचाउन गएका थिए, विचरा उनी पनि बचेनन् । नेपालले अन्तर्राष्ट्रिय सहयोग माग्यो । हत्तपत्त सरकारले दाता सम्मेलन ग¥यो । भूकम्प पीडितको नाममा आशा गरेको भन्दा धेरै सहयोग आयो । दाताहरुले नेपाल र नेपालीप्रति सहानुभूति जनाए । आफूले गर्न सक्ने सहयोग पुरै गरे । हप्तौसम्म भोकभोकै र खुल्ला आकासमूनि रात कटाएर भएपनि उद्धारमा लागे । विस्तारै सहज वातावरण भएपछि उद्धारमा आएका विदेशी र स्वदेशि आफ्नो पुर्ववत कार्यतिर फर्किए । तर विडम्बना, भूकम्प पीडिको नाममा राजनीतिको खेल सुरु भयो । सुन्दा कस्तो घिनलाग्दो कुरा । भूकम्प पीडितको नाममा आएको हारात सामाग्री आफन्त कहाँ पुगेन । रासन गोदाममा थन्किएर कुहिसक्यो । राज्य भने नीति निर्माण बनाउँदैं छौं भन्दैं पन्छिरह¥यो । के घरपरिवार विहिन बनेका पीडित परिवारले बाँच्नको लागि सरकराको नीतिलाई पर्खनु पर्ने ? त्यो पनि वर्ष दिनसम्म । कस्तो निहित राज्य ? जुन पीडितको नाममा आएको राहत पीडितले पाउँन वषौंसम्म सम्बन्धी निकाय धाउनु पर्ने । राज्य नागरिकप्रति किन उदासिन देखियो ? यसको उत्तर दिन तयार हुनुपर्दछ ।

कछुवातको गतिमा अघि बढेको पुननिर्माण प्राधिकरण आफै अपाङ्ग बनि लौरो खोजिरहेको छ । कस्ले ल्याईदिने हो त्यो लौरो ? एउटा न्यानो कपडा नपाएर हिउँदमा चिसोमा कठ्याग्रिएर अकाल्मै भूकम्प पीडितले ज्यान गुमाउनु प¥यो । मध्य वर्षादको समय हो यो । कतिपए भूकम्पपीडितले आकाशमा बादल मडारीएको समयमा भूकम्पले लिन नसकेको ज्यान भनेर आत्मलोचना गर्ने गरेका छन । अझै पनि राज्यले रफ्तारमा काम अघि नबढे सरकार तिरस्कारको पात्र बन्ने छ । सरकारको नेतृत्व गरेको दल सवै भन्द बढी आलोचित हुने छ । त्यस पछि पार्टीले दिर्घकालिन आफ्नो साख गुमाउँने छ । आम नागरिकबाट राज्य यति आलोचनाको शिकार बन्ने छ । जसबाट उत्पन्न हुने परिणामको भागेदार त्यो सरकार नेतृत्व गरेको पार्टी बन्नेछ । त्यसैले जतिसक्दो छिटो भूकम्पपीडितहरुको घाउँमा महलमट्टी लगाई ध्वंस्त भएको संरचनालाककककककककई पुननिर्माण गरी अघि बढ्न सरकारले ढिलो गर्नुहुदैंन । यो नै सवैभन्दा बृद्धीमानी काम हुनेछ । विश्वले नेपाल अव महाविनासकारी भूकम्पले विध्वंशको दृश्य हेर्ने देश होइन । नेपालको उदाहरण दिदैं नेपालबाट भूकम्पपछिको पुननिर्माणको पाठ सिक्नु पर्ने सन्देश दिने छन । यो नै नेपाल र नेपाली र सरकारको गौरवको विषय हुने छ ।

लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।

[email protected]                                                                                

प्रतिक्रिया