नियात्रा समाज नेपालका अध्यक्ष्य भट्टराईसँग सम्वाद

इनेप्लिज २०७३ असार २७ गते ०:०८ मा प्रकाशित

CPGPअमेरिका भ्रमणको क्रममा रहनु भएका नियात्रा समाज नेपालका अध्यक्ष साहित्यकार चन्द्रप्रसाद शर्मासँग अमेरिका नेपाल साहित्य प्रतिष्ठानले सम्वादको कार्यक्रम सम्पन्न ग¥यो । सम्वादको क्रममा भट्टराईले नियात्रा समाज नेपालको स्थापनाको इतिहास लामो नभए पनि यसले साना साना तर महत्वपूर्ण कामहरुको थालनी गरेको वताउनु भयो । उहाँले काठमाडौंमा नियमित रुपले हुने पुस्तक प्रदर्शनीमा नियात्राका पुस्तकहरुको छुट्टै डेस्क राख्न पहल गरेपछि पाठकहरुलाई नियात्राका पुस्तक खोज्न सहज भएको वताउनु भयो । साथै आगामि कात्तिकमा पहिलो नियात्रा पुस्तक प्रकाशनको १०३ वर्ष पुगे पनि शतवार्षिकीको रुपमा मनाउने तयारी भैरहेको वताउनु भयो ।

अध्यक्ष्य भट्टराई स्वयम् नियात्राकार हुनुहुन्छ । २०६१ सालमा उहाँको पहिलो नियात्रा पुस्तक प्रशान्तका छालहरुमा मेरो नेपाल प्रकाशित भएको थियो भने २०७१ सालमा अनौठो मुलुक अनौठा अनुभूति प्रकाशन भएको थियो र दोश्रो कृति निकै लोकप्रिय भएको थियो ।

अध्यक्ष्य भट्टराईसँग नेपाल अमेरिका साहित्य प्रतिष्ठानका अध्यक्ष्य गोविन्द गिरी प्रेरणाले सम्वाद गर्नु भएको थियो ।

उहाँ सँगको पूर्ण सम्वाद यो लिंकमा गएर हेर्न सकिन्छ;

 

प्रतिक्रिया