चार बर्षपछि भयो छवि रेखाको पारपाचुके

इनेप्लिज २०७३ असार २६ गते ११:५६ मा प्रकाशित

rekha-and-chhabi-ojha-555x335

काठमाडौ । अलग भएर बसेको झण्डै चार वर्षपछि बल्ला नायिका रेखा थापा र छवि ओझावीच कानूनी रुपमा पारपाचुके भएको छ ।

उनीहरु २०६९ साल जेठ महिना पारपाचुके भया भन्दै अलग अलग बसोबास गर्दै आएका थिए भने रेखाले छविको फिल्ममा अभिनय समेत गर्न छाडेकी थिईन ।

गत आईतवार छवि र रेखाले काठमाण्डौ जिल्ला अदालतबाट औपचारिक रुपमा पारपाचुके लिएका हुन ।
उनी निकटस्थहरुका अनुसार छवि अर्को विवाह गर्ने योजनामा छन त्यसैले सोही योजनालाई मुर्त रुप दिन उनले औपचारिक रुपमै पारपाचुके लिएका हुन । छविकी रेखा तेस्रो श्रीमति हुन ।

प्रतिक्रिया