जान्वीले बुढालाई पङ्खा चलाउन किन आग्रह गरिन (हेर्नुस भिडियो)

इनेप्लिज २०७३ असार २५ गते १२:२६ मा प्रकाशित

Janwi Bohara

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज सम्बन्धी विभिन्न गितहरु सार्वजनिक हुने क्रम सुरु भएको छ । विगतका वर्षहरुमा झैं यो वर्ष पनि नेपाली चलचित्रका नायिकाहरु तिज गितमा अभिनय गर्न थालेका छन् । यसै क्रममा लोकप्रिय नायिका जान्वी बोहराले अभिनय गरेको पङ्खा चलाई देउ तिज गितको भिडियो सार्वजनिक भएको छ । नायिका जान्वी म्युजिक भिडियोमा सबै भन्दा व्यस्त छिन् ।

janwi bohara1

उनले अभिनय गरेका गितहरु प्राय सबै लोकप्रिय छन् । नाटकमा अभिनय गरेर सिने पर्दामा उदाएकी उनको अभिनयलाई दर्शकले मन पराएका छन् । दर्शकमा छिट्टै पुगीने भएको कारण पनि नायिकाहरुको म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् । समसामायिक विषयमा आधारित रहेरको यस गीतमा बाबुराम बोहराको शब्द खुमन अधिकारीको लय सृजना रहेको छ । पङ्खा चलाई देउ गीतमा रमिला न्यौपाने र खुमन अधिकारीको स्वर सुन्न सकिन्छ । गर्मीको समयमा नेपालमा हुने लोडसेडिङको समस्यालाई तिज गीत मार्फत उजागर गरिएको छ । हुने तिज गीतमा दिदिबहिनी जम्मा भएर आफ्नो दुःख सुख गित मार्फत पोख्ने गरिन्छ । अहिलेका व्यस्त निर्देशक शंकर विसीको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा महादेव त्रिपाठीको अभिनय रहेको छ । गीतलाई तिर्सना म्युजिकले बजारमा ल्याएको छ ।

janwi Bohara2

प्रतिक्रिया