गैरआवासिय सँघ मध्यपूर्वको क्षेत्रिय सम्मेलनमा भाग लिन श्रममन्त्री दिपक बोहरा सहित उच्च अधिकारीहरु एक जम्बो टोली कतार आउदैछ । यसरी कतार आउनेहरुमा अध्यागमन विभागका महानिर्देशक केदार न्यैपाने, बैदेशिक पर्वधन बोर्डका प्रमुख, नेपाल कर्मचारी संचय कोषका पदाधिकारी, सीविआई का डिआईजी लगायत हुनेछन ।
संसारभरीबाट एनआरएनका पदाधिकारी सहभागि हुने विशेष र ऐतिहासिक सम्मेलनले प्रसस्तै नेपाली श्रमिकहरु काम गर्नेे मध्यपूर्व र त्यसमध्ये पनि मुख्य थलो कतारमा भेला भएर उनीहरुका मुद्धाहरुलाई नजिकबाट अध्यान गर्न मध्यपुर्ब संयोजक डिबि क्षेत्रिले बताएका छन ।
एनआरएनका संस्थापक लगायत अध्यक्ष शेष घलेको नेतृत्वका मानिसहरुको विशाल भेलाले नेपालमा गर्न सकिने लगानी, भित्र्याउन सकिने पर्यटन, र मध्यपूर्वमा नेपाली उत्पादनको त्यसको बजारको सम्भाव्यताको खोजी समेत छलफलका विषय बन्नेछन । यसैगरी मध्यपूर्वमा रहेका नेपाली कुटनैतिक नियोग र तिनको काम कारबाही तथा मजदुर मैत्रि रहे नरहेको समेत रिर्पोटिङ हुनेछ ।
आगामी जुलाई २१ र २२ मा पाँचौ मध्यपूर्वको भेलाले “पूर्ण सामाजिक सुरक्षा सहितको सम्मानित रोजगार, समुन्नत राष्ट्र निर्माणको आधार” नारा तय गरेको छ । उक्त सम्मेलनमा भाग लिन चाहाने खाडीका एनआरएनहरुका लागि अनलाईन आवेदन खुलिसकेको छ । आगामी जुलाई को १५ सम्म कतार जानेहरुले आवेदन गर्न सक्नेछन ।
आयोजक समितिले श्रममन्त्रीको साथमा पर्वधन बोर्डका प्रमुख, अध्यागमन प्रमुख र CIB प्रदाधिकारी बोलाउनुले खाडिमा नेपाली कामदारले भोग्नु परेका समस्याको साथमा ठगि र तस्करिका बारेमा पनि लामो बहसहुने बुझिएको छ ।
प्रतिक्रिया