नया कार्यसमितिको घोषणा संगै किराँत उभौली चाड सम्पन्न ! साथमा सुप्रसिद्द नृत्यकलाकार गीता राईको धमाकेदार नृत्य !

इनेप्लिज २०७३ असार २३ गते १३:१० मा प्रकाशित

13575786_10153622383610759_8847870374768210448_o

यहि ४ जुलाई २०१६ कादिन बेल्जियमको आन्तवेरपेन सहरमा संयुक्त किराँत समाज बेल्जियमले नेपालबाट घुम्न आउनु भएका ताप्लेजुङ्ग निबासी जेष्ठ किराँती आमा खेतिमाया इधिङ्ग्गोबाट किराँती उभौली पुजाको द्विप प्रज्वलन गरि संस्थाकै अध्यक्ष मुना राईको अध्यक्षतामा नेपाली महान किराँती चाड उभौली साकेला २०१६ भब्यरुपमा सम्पन्न गरेकोछ ! सोहि कार्यक्रममा २२ मे २०१६ को संस्थाको महाधिबेशनले छनौट गरेको संस्थाको नया कार्यसमितिका पदाधिकारिहरुको घोषणा गरि नया कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्ने काम पनि गरिएकोछ !

IMG_8678

उक्त संस्थाको नया कार्यसमितिमा बिमल सुब्बा अध्यक्ष , मणि राई एवैछा उपाध्यक्ष , कबिता साउदेन उपाध्यक्ष , माकुना राई महासचिब , शोभा राई सचिब , भिम थेबे कोषाध्यक्ष , शेखर राई सह -कोषाध्यक्ष , सदश्यहरुमा पुपुषा लिम्बू , केजिन राई , रेनुका राई , राकेश राई , देब याक्खा , योगेश राई , रुपा राई योङ्गहाङ्ग , रुपा लिम्बू , धनराज कन्दंगवा , पबित्रा लिम्बू , रोजी लिम्बू , निबर्तमान अध्यक्ष पदेन सदश्य रहनेगरि चयन भएकोछ !

13558727_1785736548311964_5014408252470375553_o

साथै संस्थाका सल्लाहकारहरुमा बेद देवान राई , बदन योङ्गहाङ्ग , पूर्ण लिम्बू , निरज राई , नगेन्द्र खजुम , कबिन्द्र लिम्बू , कर्ण लिम्बू , ज्ञान काङ्ग्बाङ्ग मनोनयन भएकाछन ! त्यसैगरि संस्थाको संरक्षकमा निबर्तमान अध्यक्ष मुना राइलाई र अन्तराष्ट्रिय पार्सदमा मणि कु . राइलाई मनोनयन गरिएकोछ !

IMG_8651IMG_8640उक्त कार्यक्रममा बेल्जियम भरिका नेपालि सङ्घसंस्थाहरुका प्रमुखहरु , अन्य नेपाली दाजुभाई दिदीबहिनी लगायत स्थानीय बेल्जिकहरुको बाक्लो उपस्थिति र शुभकामना मन्तब्य सहित किराँती नृत्य साकेला , च्याब्रुङ्ग लगायत अन्य नेपाली सांस्कृतिक नृत्यहरु किराँती कलाकारहरु शुसिला लिम्बू , सबिना लिम्बू , सुनिल लिम्बू , रजिना लिम्बू , निचल लिम्बू ,निशान लिम्बू , प्रताप लिम्बू , स्मिता राई , निकिता लिम्बू , गङ्गा लिम्बू , कृपा लिम्बू , रीतु राई , रेखा लिम्बू , अञ्जना लिम्बू , शृजना लिम्बू , लाक्पा शेर्पाबाट प्रदर्शन गरिएको थियो भने नेपालबाट झिकाइएको ख्यातिप्राप्त चर्चित महसुर नृत्य कलाकार गीता राईको धमाकेदार सुन्दर नृत्यहरुद्वारा पाहुना दर्शकबृन्दहरुलाई भरपुर मनोरंजन गराउदै नेपाली बिभिन्न परिकारको स्वादिष्ट भोजनहरु (खानापिना) संस्थाले पुरै निशुल्क उपलब्ध गराएको थियो ! माकुना राई , रबिन राई र डम्बर इधिङ्गोद्वारा संचालित कार्यक्रममको अन्त्यतिर सामुहिक नृत्य गरि भरपुर मनोरंजन लिदै भब्यरुपमा कार्यक्रम सम्पन्न भएको थियो !

प्रतिक्रिया