गायक पराजुलीको देउरालीको चौतारी सार्वजनिक (भिडियो सहित) देउरालीको चौतारी सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७३ असार १७ गते १३:११ मा प्रकाशित

Niru Khadka And Rajendra luitel

काठमाडौं÷चर्चित गायक लोक गायक तुलसी पराजुलीको देउरालीको स्वरमा रहेको चौतारी गीतको भिडियो सार्वजनिक भएको छ । पराजुलीलाई रेश्मा पुनले साथ दिएकी छिन् । पराजुलीको शब्द र संगीत रहेको छ । भिडियोमा हास्यकलाकार निरु खड्का, पत्रकार तथा मोडल राजेन्द्र लुईटेल, पत्रकार तथा मोडल कुशल खत्री र मोडल तथा रेस्लर अस्मिता सिलवालको अभिनय रहेको छ । भिडियो अमृत सुनुवारको छायांकन, माधव बेल्वासेको सम्पादन रहेको छ । निरु खड्काको निर्देशनमा तयार भएको यो भिडियोलाई रेस्पोन्सिभ मिडिया प्रा.लि.ले निर्माण गरेको हो ।

लोकप्रिय कलाकार निरु खड्का बाहेक अन्य कलाकारहरु पनि नेपाली कलाकारितामा आश गरेका अनुहार हुन । लुईटेल सञ्चारकर्म र समाजसेवा सगैं कलाकारीतामा सक्रिय छन् । उनले एक दर्जन गीत, विज्ञापन र टेलिचलचित्रमा अभिनय गरिसकेका छन् । यता कुशल पनि रंगपत्रकारिता, समाजसेवा, संगीतको व्यवसाय र मोडलिङलमा क्रियाशिल छन् । सिलवाल महिला रेस्लरको साथै मोडल पनि हुन । गीत राम्रो भएको कारण भिडियो निर्माण गरेको रेस्पोन्सिभ मिडिया प्रा.लिका प्रबन्ध निर्देशक एंव पत्रकार मनोज थापाले जनाए । म्युजिक भिडियोमा कलाकार, प्राविधिकहरुले मेहनत गरेको कारण पनि भिडियो राम्रो बनेको थापाले बताए ।

प्रतिक्रिया