एटलान्टामा एएनए सम्मेलनमा इमिग्रेसन कानुन फोरम संचालन हुने

इनेप्लिज २०७३ असार १६ गते २३:२४ मा प्रकाशित

citizenship

एटलान्टा (अमेरिका) एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को जर्जिया राज्यको एटलान्टा शहरमा हुने सम्मेलनमा इमिग्रेसन(अध्यागमन) सम्बन्धी फोरम कार्यक्रम हुने भएको छ l आगामी जुलाई २ तारिख शनिबारको दिन हुने उक्त कार्यक्रममा न्यूयोर्कका कानुन व्यबसायी बासु फुलारा मुख्य वक्ता हुने छन् l उक्त छलफलमा अमेरिकाको नयाँ कानुन, ग्रीनकार्ड, बिजनेसको माध्यमबाट प्राप्त गर्न सकिने ग्रीनकार्ड, पारिवारिक भिसा, आप्रवासी भिसा, टिपिएसको नवीकरण, असाइलम, एफ–१, एक्स्ट्रा अर्डिनरी, अदालतमा विचाराधिन मुद्धा बिषयमा छलफल गरिने छ l

यसको साथै हालै अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको राष्ट्रपति बाराक ओबामाको अध्यागमन सुधार सम्बन्धि विषयमा समेत छलफल हुने भएको छ l कार्यक्रममा प्रश्न उत्तरको कार्यक्रम समेत राखिएको छ l एटर्नी फुलारासंग व्यक्तिगत रुपमा भेट गर्नु परेकोमा त्यस सम्बन्धी ब्यबस्था पनि गरिने भएको छ ।

जुलाई १ देखि ३ सम्म हुन लागेको यो सम्मेलनमा नेपाल देखि लिएर अमेरिकामा रहेका नेपालीहरुले बिभिन्न विषयमा कार्यपत्रहरु पेश गर्नेछन् ।

प्रतिक्रिया