राता मकैको जन्म दिनमा धुर्मुस–सुन्तलीलाई कोमलको उपहार

इनेप्लिज २०७३ असार १६ गते ४:१७ मा प्रकाशित

lionel-messi-sad-650x390 (1)

काठमाडौं । हाँस्य कलाकार किरण केसी (राता मकै)को जन्म दिनको अवसरमा धुर्मुस–सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ ।

गिरान्चौर एकिकृत बस्ती निर्माण गरीरहेका उनीहरुलाई किरण केसी र शिवहरी पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो ।

आफ्नो जन्म दिनको अवसरमा गरिएको सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपील गरेपछि ३ लाख ९० हजार रुपैँया नगद सहयोग संकलन भएको छ ।

किरण केसीको जन्म दिन विशेष कार्यक्रममा सुरेन्द्र केसी (मुलाको साग) ले ५ हजार रुपैँया, भिम कार्कीले २५ हजार रुपैँया, राज केसीले २५ हजार रुपैँया, दिपक कार्कीले २५ हजार रुपैँया सहयोग गर्नुभएको छ ।

यस्तै, बिवेक कार्कीबाट १० हजार, शिव कट्टेलबाट १० हजार, अंकित कार्कीबाट २० हजार, आनन्द बहादुर बिसन्खीबाट ३५ हजार र कोमल ओलीबाट १० हजार ५ रुपैँया सयहोग संकलन भएको छ ।

अमेरिका लस एन्जल्सबाट पहिलो पटक व्यवसायी बिमल श्रेष्ठबाट २ लाख रुपैँयाका चेकसहित ३ लाख ९० हजार ५ रुपैँया संकलन भएको हो । जन्म दिनको अवसरमा भएको उक्त सहयोगप्रति धुर्मुस सुन्तली फाउण्डेशनले कृतज्ञता प्रकट गरेको छ ।

प्रतिक्रिया