पर्यटक भित्र्याउन नेपाली टोली अमेरिका, सहसचिवको ब्यबहारको कारण अमेरिकाका नेपाली चिडीए

इनेप्लिज २०७३ असार १५ गते २:५२ मा प्रकाशित

2049

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा एक उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल अमेरिकी पर्टटक नेपाल भित्र्याउने उद्देश्यले अमेरिका आएको छ ।

सहसचिव घनश्याम उपाध्यायको व्यवहारप्रति भने अमेरिकामा रहेका नेपालीहरु चिडीएका छन् ।क्यालिफोर्नियाका लागि अवैतनिक पर्यटनदूत रहेर गत महिनासम्म सेबा गर्दैआएका अनिल पाण्डेलाई सहसचिव उपाध्यायले हप्काएका छन् । ‘तपाईंलाई कसले बोलायो र आउनुभयो भनेर पाण्डेलाई अमानवीय व्यवहार गरिएको बताए l

टोलीमा सचिव राई, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, मन्त्रालयकै सुदन सुवेदीलगायत १७ जनाको टोली छ । यसबाट पर्यटन कति बिकास होला ? तर जो जो संग खर्च गरेर कार्यक्रम गरियो या गरियो भनियो ति फूड र ट्राभल क्रिटिक्स मात्र हुन् ? पर्यटन प्रबर्धनका लागि यस टोलीले ई टर्बो नामको स्थानीय सडक प्रदर्शनीका लागि विज्ञ संस्थालाई ठेक्का दिइएको छ ।

ई टर्बोले नेपाली साँस्कृतिक झाँकी, एडभेञ्चर ट्रेकिङ, प्याराग्लाइडिङ,आध्यात्मिक सभा आदि आयोजना गरेर नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य रहेको जानकारी गराउने छ l

सडक प्रदर्शनी जुन २० मा डेनभर, २१ मा फोनिक्स, २३ मा एलए लङबीच, २४ मा सनफ्रान्सिस्को र हिजो अन्तिम जुन २७ मा सियाटलमा सम्पन्न गरेको छ l

प्रतिक्रिया