नेपाली कलाकार सृष्टि शाहीको पोर्चुगलमा निधन

इनेप्लिज २०७३ असार १३ गते १९:२६ मा प्रकाशित

shiristi-shahi3-650x421

– भरत प्रधान

लिस्बन (पोर्चुगल) । नेपाली मोडल तथा कलाकार सृष्टि शाही श्रेष्ठको निधन भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आउनुभएकी कैलाली लम्कीकी २८ बर्षीया शाहीको हृदयघातका कारण निधन भएको हो । कलाकार शाहीको पोर्चुगलको लिस्बनस्थित साँओ जोसे अस्पतालमा उपचारका क्रममा निधन भएको शाहीका श्रीमान बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

shiristi shahi1मंगलबार कोठामा एक्लै भएको अवस्थामा एक्कासी बेहोस हुनुभएकी शाहीको उपचारका लागि अस्पताल लगिएको थियो ।

शाहीको तत्कालै मुटुको अप्रेशन गरिएको भएपनि सफल हुन नसकेको भन्दै अस्पतालले मृत घोषणा गरेको थियो ।

११ बर्ष अघि सिन्धुली, पूरानो जाँगाझोलीका बिमल श्रेष्ठसँग बिवाहबन्धनमा बाँधिनु भएकी श्रेष्ठ दम्पत्ती बिगत ५ बर्ष देखि पोर्चुगलमा बस्दै आउनुभएको थियो ।

शाहीको शवलाई शनिबार हिन्दु परम्परा अनुसार लिस्बन स्थित ओलीभाईस कार्मेतारियोमा अन्त्येष्टी गरिएको श्रेष्ठले बताउनुभयो ।

यसअघि शाहीको शवलाई श्रद्धाञ्जली अर्पण गर्न अस्पताल परिसरमा नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो ।

लिस्बनमा ब्यूटी पार्लर ब्यबसाय समेत सञ्चालन गर्दै आउनुभएकी शाही नृत्यङगना, मोडल हुनुका साथै बिभिन्न म्यूजिक भिडीयोहरुमा अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया