होमपेज
समाचार
प्रवास
मनोरञ्जन
खेलकुद
विचार
साहित्य
अन्तर्वार्ता
स्वास्थ्य चासो
भिडियो
ENGLISH
ल है पेट सुरीस्याप्प राखेर सबले बसौं !!
इनेप्लिज
२०७३ असार १३ गते १६:५८ मा प्रकाशित
दुनियाको सबैभन्दा अनौठो श्रीस्टी यो सुन
पेट मानिसको कत्ति क्रियाशील लौ भन
अल्छी होलान् भनि जीव पेट हाली दिएछन
पेटकै निहुमा सारा चल्ता पुर्जा बने जन
भोक लागेर सुत्दैन टन्न खाए निदाउछ
छैन खाने कुरा भन्दा आमा बाबु रुवाउछ
पेट बन्नु कहाँ काँ छ बुबु भर्दिन्छ छातीमा
त्यसैले पहिले आमा पर्दछिन अति जातिमा
सुब्बा हाकिम खरदार ठेकेदार ती नाइके
पेटले नै त होलानी टाउको टेक्ने यी टाउके
टाउकेका पनि टाउकामा अड्याई पेट त्यो ठूलो
पेटका दास भै नेता खन्दछन् घूसको द्लो
“जिम्नासियम” को पेशा चल्छ सर्बत्र पेटले
छुरा डाक्टर को चल्छ पेटमा एक भेटले
ल है पेट सुरीस्याप्प राखेर सबले बसौं
नत्र आरोप लाग्नेछ झन्झटमा किन पो फसौं
प्रतिक्रिया
सम्बन्धित सामाग्री
लघुकथा : गणतन्त्र
मुक्तक -न त छलेर छल्नै सकियो
लघुकथा : साहास ।
गीत
प्रतिक्रिया