अहिलेको बजेट आर्थिक समृद्धिको दिशामा केन्द्रित: शङ्कर पोखरेल

इनेप्लिज २०७३ असार ११ गते ११:४० मा प्रकाशित

shankar-pokhrelबुटवल, ११ असार । नेकपा (एमाले)का स्थायी समिति सदस्य शङ्कर पोखरेलले आगामी आवको बजेटले अबको १० वर्षमा मुलुकलाई अविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पु-याउने लक्ष्य लिएको बताउनुभएको छ ।

रुपन्देहीस्थित एमाले तिलोत्तमा नगर कमिटीद्वारा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले नेता पोखरेलले अहिलेको बजेट आर्थिक समृद्धिको दिशामा केन्द्रित भएको र यसले नयाँ युगलाई प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यो वर्ष विकास र समृद्धिको प्रस्थान वर्ष भएको समेत बताउनुभयो ।

अहिलेको सरकार राष्ट्रिय स्वाधीनताको जगमा निर्माण भएको र प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय स्वाधीनताको नायकका रुपमा स्थापित भएको जिकिर गर्नुभयो ।

उहाँले सरकारले संविधान कार्यान्वयनका लागि अहिलेसम्म २०० कानुन निर्माण गरिसकेको र अझै पौने दुई सय कानुन निर्माण गर्न बाँकी रहेकाले ती कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य लीला गिरीले पार्टीभित्र र सरकारमा समेत खुट्टा तान्ने प्रवृत्ति हाबी हुन थालेको रयसले पार्टीलाई घाटा पु¥याउने बताउनुभयो । केन्द्रीय सदस्य एकराज विकले बजेट पूर्ण रुपमा कार्यान्वयन भए मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढ्ने भन्दै यसतर्फ पार्टीले विशेष पहलकदमी लिनुपर्ने बताउनुभयो ।

एमाले तिलोत्तमा नगर कमिटीका संयोजक यज्ञ गैरेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, युवराज न्यौपाने लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया