तेक्वान्दो सम्बन्धी चलचित्र रिलेशन देशभरि प्रदर्शन

इनेप्लिज २०७३ असार १० गते १०:५८ मा प्रकाशित

Cinema-hall (1)

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डको हलिउड थिएटरमा रिलिज भएर प्रशंसा बटुलेको तेक्वान्दो सम्बन्धी नेपाली सामाजिक कथा बस्तु र देशप्रेमको भावना बोकेको चलचत्रि रिलेशन शुक्रबारबाट देशभरिका हलहरुमा एकैसाथ प्रर्दशन भएको छ ।

पोर्टल्यान्डमा नेपाली र विदेशीहरुले समेत चलचित्र हेरेर प्रशंसा गरेपछि चलिचत्रिका निर्माता तथा नायक ग्रान्डमास्टर दीवाकर डान महर्जन उत्साहित छन् । नेपाल र अमेरिकाका बाहेक नेपाली खेलाडीह रहेका अन्य देशहरुमा समेत चलचत्रिको माग भइरहेकाले पनि निर्माता महर्जन र निर्देशक दीपेन्द्र दाहाललाई त्साहित बनाएको छ । फरक धारमा बनेको चलचित्र रिलेशन खेलाडी र नेपाली माटो मन पराउनेका लागि आकर्षित गर्न सफल हुने छ ।

चलचत्रि रिलेशनले नेपालको मौलिकता झल्काएका कारण पनि अमेरिकामा बसोबास गर्दै आएका नेपालीले मन पारएको उनको बुझाइछ । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वाधिक सफलता दिलाउने खेलमध्येका एक तेक्वान्दो खेललाई चलचत्रिमा समेटिएका कारण पनि शुक्रबारबाट रिरिलज हुने यो चलचित्रले नेपाली बजारमा  फरक छाप छोड्ने विश्वास निर्देशक दीपेन्द्र दाहालले गरेका छन् ।

अमेरिकामा चलचित्र रिलेशनको प्रतिक्रियाबाट उत्साहित भएका निर्माता दिवाकर महर्जनले अर्काे चलचित्र बनाउन आफूलाई प्रेरणा मिलेको बताउँदै अमेरिकाबाट उनले भने, ‘नेपालमा रिलेशनको पदर्शनबाट मैले फरक आश गरेको छु । विशुद्ध नेपालीपना र तेक्वान्दो खेललाई समेटिएका कारण पनि चलचित्र अन्य व्यवसायीक चलचत्रि भन्दा फरक छ भन्ने मैले बुझेको छु ।’

‘समाजमा रहेको विकृति र विसंगतीलाई तेक्वान्दो खेलमार्फत सुधार गरिएको कुरालाई चलचित्रमा समेटिएको छ । यसले सम्पूर्ण नेपाली खेलाडीलाई हौसला प्रदान समेत गरेको छ,’ निर्देशक दाहालले भने ।

तेक्वान्दोमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल रहेका दीवाकर डान महर्जनले चलचित्रमार्फत फरक पहिचान स्थापित गर्न सफल हुने विश्वास रिलेशन दिएको छ । सो चलचित्रमा अमेरिकी कलाकार क्रिष्टिना नुनासको उत्कृष्ट अभिनय हेर्न पाइन्छ । चलचत्रिका केहि दृश्य अमेरिकामा समेत सुटिङ गरिएको छ ।

नेपालमा तेक्वान्दो खेल भित्राएका गुरु जेके सिनको तेक्वान्दो स्कुलिङलाई चलचत्रिमा समेटिएको छ । त्यसैगरि चलचित्रमा नेपालकी चर्चित तेक्वान्दो खेलाडी मनिता शाहीको समेत अभिनय रहेको छ ।

अन्य स्थापित कलाकारहरुमा रमेश केसी, शुसिल पोखरेल, लक्ष्मणविक्रम बस्नेत, विद्या कार्की, उपेन्द्र तिमल्सिना, दिशेन  श्रेष्ठ, राधा श्रेष्ठ, गीता अधिकारी, लक्ष्मण थामी, सुदि कुँवर, कृष्ण रसाल, महिमा सिलवालको अनिभयन रहेकोछ । गोविन्द्र प्रभातको नृत्य निर्देशन रहेको छ भने अष्टमहजृन र कुमार महर्जनले द्वन्द्व निर्दशेन गरेका छन् ।

प्रतिक्रिया