विषाक्त च्याउ खाँदा एकै परिवारका चार बिरामी

इनेप्लिज २०७३ असार १० गते ५:०७ मा प्रकाशित

दमक, १० असार । विषाक्त च्याउ पकाएर खाँदा झापाको लखनपुरमा एकै परिवारका चारजना बिरामी परेका छन् ।
1465005333chauबिहीबार साँझको खानासँग विषाक्त च्याउ पकाएर खाँदा लखनपुर–४ की ५४ वर्षीया धनमाया मग्रान्ती, उनका छोरा २४ वर्षीय सुमन, बुहारी २२ वर्षीया कल्पना र नातिनी ६ वर्षीया सबिना मग्रान्ती बिरामी परेका हुन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बिरामी चारैजनाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया