अनेसास केन्द्रीय कोषाध्यक्ष पदमा लस एन्जलसका शान्तिराम ढकालको उम्मेदवारी

इनेप्लिज २०७३ असार ९ गते १६:५९ मा प्रकाशित

Shantiram Dhakal

अमेरिका, २३ जुन / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को सन २०१६-१८ कार्यकालका लागि लस एन्जलसका शान्तिराम ढकालले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकाछन ।
उनले संस्थाको संस्थागत विकाश ,साहित्यिक निरन्तरता , डायस्पोरामा दोस्रो पुस्तामा नेपाली साहित्य पुस्तान्तरण अनि यस संस्थाको एउटा केन्द्रिय कार्यालय स्थायी रुपमा स्थापना गर्ने गराउने अभियानका साथ पदिय पारदर्शिता एवं संस्थागत पारदर्शिताको लागी आफुले उम्मेदवारी दिएको बताएकाछन ।

ढकाल अनेसास लस एन्जलस च्याप्टरका अध्यक्षको रूपमा पदमा कार्यरत छन् । उनको कार्यकालमा लस एन्जलस च्याप्टरमा लक्ष्मी जयन्ति, भानु जयन्ति, मासिक साहित्यिक शृंखला लगायत विविध कार्यक्रम सञ्चालन भएको छ भने यस वर्ष च्याप्टरले प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य समाज च्याप्टर सम्मेलनको सफलतापुर्वक आयोजना गर्न समेत सफल भएको छ ।

संस्थाको जुलाई ८ देखि १० सम्म अनलाइन निर्वाचन हुने कार्यक्रम रहेको छ । उम्मेदवारहरुको अन्तिम सूची जुलाई १ तारिख सार्वजनिक र जुलाई १० तारिखमा निर्वाचन परिणाम घोषणा गरिनेछ । जुलाई २४ तारिख नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया