कबिता: रमाएर जिउन सिकौ

इनेप्लिज २०७३ असार ९ गते १४:३८ मा प्रकाशित

sunil profile

बाचुन्जेल रमाएर जिवन जिउन सिकौ
बिरताको इज्जत कमाएर संधै जिउन सिकौ

दुखि, बेसहारा लाई अँगालो हाल्न सिकौ
मिठो बोलि र बचन दिएर संधै जिउन सिकौ

कठांग्रिएका दुखी जीउलाई मलम लगाउन सिकौ
मानवताको परिचय दिएर संधै जिउन सिकौ

सेवा नै धर्म हो सधै समाजसेवा गर्न सिकौ
दुई दिनको ज़िन्दगीमा हॉसीखुशी जिउन सिकौ !!

प्रतिक्रिया