परनिर्भर सम्राट हुनुभन्दा स्वाभिमानी भिखारी जाती

इनेप्लिज २०७३ असार ९ गते १४:२२ मा प्रकाशित

Bhimsen S- photo

उड्ने चाहना राख्ने मान्छेले पहिला उभिन,हिड्न र दौडन सिक्नु पर्दछ।अनि टाढाको गन्तव्य राख्ने मान्छेले थकाईलाई चुनौती दिंदै लामा फट्का मार्नै पर्छ । प्रकृतिको नियम नै यस्तै छ कि, जसको जुन कुरामा उत्कट इच्छा हुन्छ , त्यसले त्यो प्राप्त गरेरै छाड्छ । यसको उदाहरण हो , पशु, पंछि। पशु ,पंछि सबैलाई प्रकृतिले भोकै राख्दैन तर गूंड्मा गएर भने कसैले पनि भोजन वितरण गर्दैन । त्यस्तै तपाईं चाहना गर्नुहोस् असल कुराको , त्यस पछि त्यो चाहना , अरूलाई घात नगर्ने खालको छ , तपाईं त्यसमा लगातार लाग्नु भएको छ, त्यसमा तपाईंको निस्ठा गाइंसिएको छ भने त्यो वस्तु प्राप्त गर्न मन्दीर , चर्च वा मक्काहरूमा धाउनै पर्दैन तपाईंलाई खोज्दै ईश्वरनै अनेक रुपमा त्यो वस्तु दिन आईपुग्ने छन्।
सपना देखेर मात्र साकार हुदैन, त्यसलाई साकार गर्न संघर्ष गर्नुपर्छ । अमेरिकि पुर्व राष्ट्रपति अब्राहम लिङ्कनले एक दिन भनेका थिए म ‘एक दिन यो देशको प्रभावशाली राष्ट्रपति बनेर दाष प्रथा उन्मुलन गर्ने छु ‘ यो सपना देख्दा उनि सामान्य र छाक टार्न नसक्ने गरिव थिए तर उनको त्यो सपना र सपना लाई निरन्तर सिंचाई गर्ने कडा प्ररिश्रम र आत्मविश्वास ले उनलाई त्यो प्रभावशाली व्यक्ति बनाई छाड्यो । उनले शरीर छाडेको युग वितिसक्यो तर आज पनि अमेरिकाको वासिङ्टन डि सि स्थित उनको ‘लिंकन मेमोरियल ‘ अगाडि पुगेर विश्वका करोडौं मानिस श्रद्दाले शिर झुकाउंछन्। हाम्रै देशका कवि देवकोटाले लेखेको उक्ति आज पनि संसारअको प्रेरणा बनिरहेको छ ” उद्देश्य के लिनु उडि चन्द्र छुनु ‘ ।

असफल हुनासाथ हामी भन्ने गर्छौं कि ‘मलाई समयले कैल्यै साथ दिएन ‘ तर प्रकृतिले मानिस अनुसारको घडि कैल्यै बनाएको हुंदैन ।संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु पनि तपाईले गर्न सक्नुहुन्छ।संन्स्कृत सुभाषित श्लोकमा भनिएको छ ” जो इच्छा मात्र राख्छ , इच्छाको दाष बन्छ ( प्राप्तिका लागि कुनै पहल नै गर्दैन ) , उ सधैं संसार र सांसारिक वस्तुको दाष बन्छ , जो इच्छाहरू भन्दा माथि उठ्छ , उसको यो संसार नै दाष बनिदिन्छ ।

आशायाः ये दासाः ते दासाः सर्वलोकस्य ।
आशा येषां दासी तेषां दासायते लोकः ॥

आज सोचेको भोलि नै पुगेन भनेर निरास नहुनोस्। तपाईंं जन्मिन पनि त नौ महिना लागेको थियो । रुख मुनी पुरिएका विजहरू उम्रिएर फेरि ठुलो रुख बन्न कयौं वर्षा , घाम ,तुषारो र अांधी सहन गर्नु पर्छ । थोमस एल्वा एडिसनलाई विद्द्युत पत्ता लगाउन ९९९ पटक असफलताको झापड सहनु परेको थियो । तसर्थ यी पंक्ति पढ्ना साथ एउटा विचार गर्नुहोस् कि , संसारमा सबै भन्दा ठुलो शक्ति , बम बारुद र गोला भन्दा बेजोड र ईश्वर वा प्रकृति भन्दा पनि मजवुत वस्तु ‘विश्वास ‘ छ । त्यो विश्वास अरूले बनाईदिएर हुंदैन आँफै बन्नु पर्छ , एक पटक त्यो जगाएर हेर्नुस् तपाईं तपाईंंको रोजाईको जुनसुकै क्षेत्रमा पनि सफल हुन सक्नुहुनेछ । आजै सफल भाईएन , धन , दौलत कम छ, जीवन निरासा गयो , यस्तो सोचमा कहिल्यै नपर्नुहोस। तपाईं सँग रुनका लागि १०० दु:ख छ्न् भने हांस्नका लागि हजार सुख हुन सक्छन्। जीवनलाई हेर्ने र साेच्ने अा अाफ्नाे दुष्टिकाेण हुन्छ । कारण त्यही हाे अनुभव परिस्थिति मुल्यमान्यता संगत त्याे अनुसार फरक हुन्छ । कसैले बनाइदिएको पद , प्रतिष्ठा , सम्पन्नताको को असली मालिक तपांई हुनुहुन्न । ‘बोकेको कुकुरले म्रिग मार्दैन । ‘ आँफ्नै खुट्टामा उठ्न नसकेर अरूको बलमा उठ्न खोज्ने मान्छे अरू गल्ना साथ जति बेला पनि ढल्न सक्छ । तसर्थ अरूको भरमा सम्राट बनेर पनि दु:खि हुनु भन्दा स्वाभिमानि भिखारि बनेर खुशी हुनु जाति।
आफु खुशी रहन सक्नु र नसक्नु आफैंमा भर पर्छ ‘त्यसैले त भागवत गीता भन्छ ” मनएव मनुश्याणां कारणं बन्ध मोक्ष यो “। यस्तै हेलन कैलरले भनेकि छ्न् कि ” आशावादिता ले मानिसलाई दु:ख र आपतको आंधि बाट सुख र सफलताको शिखर चुम्न सिकाउंछ । “

शरण राई को यो लघु कथाले झैं मरेर पनि कसरी अमर रहन सकिन्छ त एउटा सुखद तरङ सहितको सन्देश जोडौं ।

प्रतिक्रिया