चितवनका गायक पन्तले कतारमा कला प्रस्तुत गर्ने

इनेप्लिज २०७३ असार ८ गते १२:३८ मा प्रकाशित

1

चितवन ०८ असार ।
चितवनको रत्ननगर निवासी लोक तथा दोहोरी गायक नेत्र जी पन्तले कतारमा हुने साँस्कृतिक कार्यक्रममा आफनो प्रस्तुति गर्ने भएका छन । एक दशक अघिदेखि गायन क्षेत्रमा सक्रिय पन्तले पहिलो पटक अन्र्तराष्ट्रिय स्तरमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुने अबसर पाएका हुन । गायक पन्तलाई कतारमा प्रस्तुति गर्ने अबसर चितवन युवा समुह दोहा कतारले दिएकोे हो । मुश्लिम समुदायको महत्वपूर्ण पर्व इदको अबसरमा यही असार २४ गते अर्थात जुलाई ८ तारिखमा आफनो प्रस्तुति प्रस्तुत गर्नेछन । चितवन युवा समुह दोहा कतारको अयोजनामा हुने कार्यक्रममा उनले एक दर्जन गीत प्रस्तुत गर्नेछन ।2

 उनले सुख लुक्छ दुख लुक्दैन,स्वीट्जरल्याण्ड झै नेपाल नि होला त,भाग्य देखिन्छर र पेशा जे छ जुन ठाउँमा भएनी नेपाली हौ विदेशमा रहेनी जस्ता चर्चित गीतहरु आफनै रचनामा बजारमा ल्याईसकेका छन । पछिल्लो पटक गायक पन्तले बजारमा ल्याएको विदेश नामक एल्बममा समावेस गरिएको पेशा जे छ जुन ठाउँमा भएनी नेपाली हौ विदेशमा रहेनी बोलको गीत विदेशमा रहेका नेपालीहरु रुचाएका कारण पन्तलाई पहिलो पटक कतारमा हुने कार्यक्रममा कला प्रस्तुत गर्ने अबसर पाएका हुन । आठौं चितवन धमका नामक सो साँस्कृतिक कार्यक्रममा पन्त सहित ज्योति काफ्ले,भूमिका गिरी,सरिता गुरुङ,संजिब सिंह राना,सालु गौतम,वल विक्रम थापा र सपना राईको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक सुमन भारतीले जानकारी दिए ।

प्रतिक्रिया