हिलारी क्लिन्टनका बारेमा विश्वभर छरिएर रहेका नेपाली महिलाले यस्तो धारणा किन राखे ?

इनेप्लिज २०७३ असार ७ गते १:०१ मा प्रकाशित
clinton 1
आगामी नोभेम्बरमा ४ तारिख अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुदैछ l विश्वको ध्यान अमेरिकामा केन्द्रित छ l अमेरिकाको ईतिहासमा पहिलो पटक महिला उम्मेद्वार हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएकी छिन् l
अमेरिकाका बाट संचालित ईनेपलिजले विश्व भर बिभिन्न राष्ट्रमा यत्र तत्र छरिएर रहेका बिभिन्न पेशामा रहेका नेपाली मुलका महिलाहरुलाई ,अमेरिकामा महिला राष्ट्रपति कि उम्मेदवार हिलारी क्लिन्टन किन राष्ट्रपति भएको देख्न चाहनु हुन्छ भन्ने जिज्ञाशामा अफ्रीका ,फ्रान्स ,जापान ,ईजरायल ,बेलायत ,अस्ट्रेलिया ,नेपाल, अस्ट्रिया आदि देशका महिलाहरुले यस्तो धारणा राखेका छन् l अधिकांश संचार माध्यममा ज्यादा नछाउने र नदेखिने महिलाहरुका विचारहरु लिइएको छ l
 
अमेरिकाका महिलालाई मात्र हैन ,विश्व भर पुगेका नेपाली मुलका महिलाले पनि बढो उत्सुकता साथ हिलारी क्लिन्टन बारेमा आफ्ना छोटो धारणा यसरि राखेका छन् l उनीहरुको भनाई जस्ताको त्यस्तै :
 
 मन थापा लेगोस , नाइजेरिया ( नेपाल ; टिकापुर ) :
 
थापा भन्छिन ,हिलारी क्लिन्टोन संसारकै प्रभावशाली मुलुक अमेरिकाको पहिलो महिला राष्ट्रपती हुनु संसारभरिकै महिलाहरुका लागि खुशीको कुरा हुनेछ | उनको लामो राजनीतिक र कुट्नितिक् अनुभवले अमेरिका थप आर्थिक सम्वृद्धि  तर्फ जाने मात्र हैन की विश्व शान्तिका लागि उनले थप् योगदान पुराउने छिन् | परिवारको मह्त्व ,महिला र बालबालिकाका अधिकार, शिक्षा,रोजगारी र सम्वृद्धि मा उनले उत्कृष्ट कार्य गर्ने छिन् भन्नेमा म बिश्वस्त् छु | उनको जीतका लागि शुभकामना छ भनिन l 
 
शारदा गैरे , काठमाडौँ ,नेपाल ,पत्रकार :
 
गैरे भन्छिन ,हिलारी क्लिन्टन अमेरीका मात्र होइन बिश्वको प्रतिनिधित्व गर्ने एउटा सक्षम महिला हुन । उनको नाम लिदा हरेक महिलाले गर्ब गर्छन र म पनि महिला भएर्काे नाताले गर्ब गर्छु । उनि निरन्तर सक्रिय रहेर बिश्वलाई नै आफ्नो कामले प्रभाबित पारेकी छन् । अमेरिका जस्तो सबै भन्दा शक्तिशाली राष्ट्र मा महिला राष्टपति  हिलारी क्लिन्टन हुनु अहिलेको आवश्यकता हो किनकी उनि राष्टपति हुदा बिश्वका महिलाको अधिकारका लागि कानुनी रुपमा वकालत गर्ने छिन् भन्ने बिश्वास लागेको विचार राखिन l 
 
सुष्मा गुरुङ : ह्याम्प सायर,बेलायत :
 
गुरंग भन्छिन आफु राजनीतिमा चाख राख्दिन तर मेरो विचारमा उनि योग्य उम्मेद्वार हुन् l अमेरिकाका जनतामा उनको राम्रो छबि छ र एक प्रतिवद्ध र होनहार महिला भएकोले उनि बिजयी हुने छिन् l मेरो त्यहि चाहना रहेको बताइन l 
 
शुभद्रा भण्डारी (थापा ) हाल अष्ट्रिया ,कलंकी , काठमाण्डौ ,संचार कर्मी तथा सामाजिक कार्यकर्ता :
 
भण्डारी भन्छिन ,हुनत म अमेरिकावासी नेपाली पनि होईन तर अमेरिकाको राष्ट्रपतीमा हिलारी क्लिन्टन लाई नै मेरो समर्थन रहदै आएको छ  किनकी हिलारी एक योग्य र क्षमतावान् साथै  विश्वभरकै महिलाहरूको अवस्थामा सुधारको हलचल ल्याउन सक्ने प्रभावशाली क्षमता भएको महिला नेतृ हुन् । 
 
नेपालले जस्तै अमेरिकाले पनि इतिहासमै पहिलो पटक महिला राष्ट्रपती  हिलारीलाई नै पाउनुपर्छ उनको क्षमता र कुशल नेतृत्वलाई अमेरिका मात्र नभएर विश्वभर को समर्थन रहेको छ l र म त्यही प्रतिक्षामा छु भण्डारीले भनिन l 
clinton 1
 
अन्जु कार्की केसी ,काठमाडौँ ,नेपाल ,व्यवसायी :
 
कार्की केसी भन्छिन ,हाम्रो समाजमा पुरुषहरुको वर्चस्व जता पनि भएकोले विश्वमा अधिकांश शासन पुरुषले गरि रहेका छन् l अमेरिकामा हिलारीले राष्ट्रपति भईन भने पूर्ण नभएका कामहरु पुरा गर्ने छिन् l बिश्वलाई परिवर्तन गर्न महिलाहरुलाई पनि शासन गर्न दिनु पर्छ जस्तो आफुलाई लागेको बताइन l हिलारीले महिलाको भावना बुझ्ने र एक सक्षम महिला भएकोले उनले जित्ने जस्तो लागेको बताईन l 
 
रिंकु शर्मा ,हाल अस्ट्रेलिया , बिराटनगर ,नेपाल :
 
शर्मा भन्छिन आफु महिला भएकोले महिला नै राष्ट्रपति भएको हेर्न मन लागेको बताइन l हिलारी क्लिन्टन क्षमतावान ,दुरदृष्टिता र अथाह अनुभव हासिल गरि सकेकी एक कुशल महिला भएकोले उनि अमेरिकाको राष्ट्रपति हुन् भन्ने मेरो चाहना रहेको बताइन l आफु अस्ट्रेलियामा भएता पनि अमेरिकामा हिलारी विजय भएको खबर सुन्न पाईयोस भन्दै अग्रिम शुभकामना दिइन् l 
 
सल्मा जोशी ,धरान ,नेपाल ,सामाजिक कार्यकर्ता तथा समाज सेवी :
 
जोशी भन्छिन ,विदेश मन्त्रिको रुपमा काम गरि सकेकी हिलरी क्लिन्टन समय अनुसार सोच्न सक्ने क्षमतावान मा उनि गनिन्छिन l क्लिन्टनले मानव अधिकार नै महिला अधिकार हो भन्ने अभूतपूर्ण प्रोत्साहन दिने एक महिला पनि हुन् l 
 
यसै अनुरुप हिलरी क्लिन्टनको सवल पक्ष बाट अनुमान गर्न सकिन्छ कि वहाँ जती सुन्दर हुनु हुन्छ त्यतिनै कुशल नेत्रित्व क्षमता रहेको छ l  जोशीले अगाडी भनिन सम्पूर्ण महिला तथा सम्पूर्ण जनताको हक अधिकारको लागि लड्न सक्ने साथै सामाजिक ,आर्थिक ,राजनैतीक विभेदलाई अन्त्य गर्न सक्ने क्षमता भएको हुनाले क्लिन्टन राष्ट्रपती भएको देख्न चाहेको बताइन l 
पुर्णिमा सन्जेल (चांदनी ),सिड्नी ,अस्ट्रेलिया :
 
संजेल भन्छिन ,अमेरिका एक  शक्तिशाली देश हो । शक्तिशाली देशको रथी महिला बन्नुले महिलाको अगुवाई पनि ससक्त हुन सक्छ भन्ने विश्व सामु एउटा गतिलो उदाहरण बन्न सक्छ । उनि भन्छिन ,जस्ले निरासा र आत्मग्लानी बाट पिल्सिएका नारीहरूलाई एक प्रेरणा र उदाहरण बन्ने गर्छ । हुनत सभ्यताको शुरुवात देखिनै यस्ता उदाहरण नदेखिएका होइन्न अपितु समयको परिवर्तन सँगै र युगको वहाँव सँगै नयाँं नयाँं उदाहरण बन्दै जानु पर्छ । यस्तै उदाहरणका लागि हिलारी क्लिन्टनले जित्नु विश्वकै नारीहरूका लागि गौरव हुन जान्छ भन्दै शुभकामना ,सन्जेलले सिड्नीबाट दिईन l 
 
सुनिता राई ‘कन्ङ्गवा’तेह्रथुम आठराई, हाल ईजरायल ,साहित्यकार ,सामाजिक कार्यकर्ता तथा पत्रकार :
 
सुनिता भन्छिन ,विश्वलाई प्रजातन्त्रको पाठ सिकाउने अमेरीकाको राष्ट्रपतीय इतिहासमा अहिलेसम्मै महिला राष्ट्रपति भने कोहि भएका छैनन् । राई भन्छिन हिलारी शक्तिशाली राष्ट्रको त्यो सर्वोच्च पदमा आसीन हुनु  समस्त महिलाहरुको शीर गर्वले उचों हुनु हो र अमेरिकाको राष्ट्रपतीय चुनावी इतिहासले पनि न्याय गरेको ठहरिने छ ।
 
उनले अगाडी भनिन ,उनको धैर्यता र साहसले स्पष्ट गर्छ कि उनि एउटी समय, परिस्थिति र परिवर्तन बुझ्न सक्ने बुद्धिमानी, प्रेरणादायी महान नारी हुन् ।महिलाहरु संघर्षरत छन्  र अवसर पाए पुरुष भन्दा कुनै कम छैनन् भनि दत्तचित्तले लागेका छन् र सफल पनि हुँदै छन् ।म आफु पनि एक महिला भएको नाताले आउँदो नोभेम्बरमा अमेरिकामा हुने आम निर्वाचनमा हिलारी रोधम क्लिन्टनको विजय ध्वजा लहराएको हेर्ने चाहना लागेको बताउदै अग्रिम शुभकामना दिएकी छिन् 
 


सुमित्रा राई
 ,हाल: टोकियो, जापान समाज सेवी तथा संचारकर्मी :
 
अमेरिका जस्तो विश्वको शाक्तिशाली मुलुकमा महिला नेतृत्व भएको  हेर्न हामी सबै महिला आतुर छौ। हिलारी क्लिन्टन आफैमा एक साहसी र नेतृत्व गर्न सक्ने महिला हुन ।
अमेरिकाको आउदो निर्वाचनमा उनलाई सबैले जिताउनु पर्छ । उनको जितले विश्वमा पिछडिएर वसेका तमाम महिलाहरूको जित मात्र हुने छैन विश्वमा शान्ति छाउनेमा म ढुक्क छु राईले भनिन l 
 
ज्योति अर्याल ,फ्रान्स ,समाज सेवी तथा सामाजिक कार्यकर्ता :
 
हरेक पुरुषको सफलताको पछाडी महिलाको हात हुन्छ भने कुरालाई हिलारी क्लिन्टनले साबित गरेकी छिन् l सहनशीलता र उदारता उनिमा छ भन्दै विदेश मन्त्रि हुँदा आफुले क्षमता प्रदर्शन गरि सकेकी छिन् अर्यालले फ्रान्स बाट यस्तो धारणा राखिन l 
 
उनको सबै दृष्टिले हेर्दा उनीमा सफल नेतृत्वका गुणहरु छन l संसारलाई नया दिशा तर्फ लान ,नया मोड ,नया बिहानी देखाउन ,नया उत्साह ,नया विचार तथा नया जाँगर दिन उनि सक्षम भएको आफुले पाएकोले उनि यस पटक राष्ट्रपति हुन् भन्ने आफ्नो चाहना रहेको बताईन l 

प्रतिक्रिया