बोस्टनमा सुनिए – डा. शिव गौतम र दिनेश अधिकारी

इनेप्लिज २०७३ असार ६ गते १९:३० मा प्रकाशित

6c7ff28f-4e96-4ac0-8e6e-28cf755b307f

एउटा छुट्टै माहौल | मन्चमा एकएक दर्जन कविता वाचन गर्न तयार डा. शिव गौतम र दिनेश अधिकारी | डा. गौतम पत्नी साहित्यकार भारती गौतमसहित बोस्टन छोडेर अमेरिकाको अर्को राज्य फ्लोरिडा जान तम्तयार रहेका, अनि करिव एक महिना अमेरिका भ्रमणको उतरार्धमा रहेका जीवन संगिनी उषा अधिकारीसहितका दिनेश अधिकारी | संयोग, बोस्टनको सिर्जना उत्सवको ३६ औ शृंखला |

6daf40b3-234d-4720-827a-c5dd5f1eca0e

पहिले नै मंचको अग्रभागमा रहेका दिनेश अधिकारीलाई डा. शिव गौतमले खादा लगाएर स्वागत गरे भने डा. शिव गौतमलाई दिनेशले | त्यति मात्रै होइन भारतीलाई उषाले खादा लगाई स्वागत गरिन भने उषालाई भारतीले | र सुरु भयो उपस्थित साहित्यकार र साहित्य अनुरागी सबै सभापति भएको उत्सव | चर्चित सारंगी वादक श्याम नेपालीले हालै दिवंगत भएका संगीतकर्मी अम्बर गुरुङको सम्मानमा एउटा संगीत प्रस्तुति पेश गरे भने संगीतकर्मी दिपक मुखियाले उनलाई साथ दिए |

13461087_1103095926415371_711699338_o

साहित्यकार हरि थापाले सबैलाई औपचारिक स्वागत गरेपछि कार्यक्रम संयोजक गोवर्धन पूजाले पहिलो चरणमा आधा दर्जनकविता वाचन गर्न बोलाए साहित्यकार अधिकारीलाई | माटो र मुटुको सिर्जना वाचन गरेर दिनेशले सबैको मन जितेपछि डा. गौतमले माया र मस्तिस्कको कविताको रसास्वादन गराए | काव्य सिर्जनामा मदन पुरस्कार पाउने गीतकार एवं कवि दिनेश अधिकारी र बोस्टनको हार्डवर्ड विश्वविद्यालयमा नेपालीको उपस्थिति देखाउदै आएका प्रयोगधर्मी कविता सिर्जनारत कवि डा. गौतम | दुबैले सिर्जना उत्सवको उत्सवमा नया अनुभव संगाले | दुबैले मुक्त कण्ठले आयोजकको प्रसंशा मात्रै गरेनन यस किसिमको कार्यक्रमले लेखन परिमार्जनमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरे |

13467812_1103095806415383_1694219842_o

नेपाल फर्केर पनि बोस्टनको कार्यक्रम नबिर्सने बचन दिए अधिकारीले भने डाक्टर गौतमले आफूले सिर्जना उत्सवलाई सधैमहत्वपूर्ण सिर्जना मंचको रुपमा लिने गरेको बताए |, गौतमले भने – मैले सिर्जना उत्सवमा नै पहिलो पटक प्रयोगधर्मी कविता वाचन गरे र निरन्तरता दिदै आएको पनि छु | कार्यक्रमको मध्य भागमा दिनेश राजभण्डारी, अनु शाह, लालगोपाल सुवेदी, हरि काफ्ले, धन लेप्चा, सुशील नेपाल, लगायतले सिर्जना वाचन गरेपछि फेरि डा. गौतम र अधिकारीले बाँकी आधा दर्जन सिर्जना वाचन गरे | दिनेश पत्नी उषाले संछिप्त मन्तव्य दिइन भने दीपा राई पुनले आफ्नो सिर्जना र अस्वस्थताका कारण अनुपस्थित ममता कर्माचार्यको कविता सुनाइन |

कार्यक्रमको उतरार्धमा हरि थापा र गोवर्धन पूजाले कविता सुनाए | सभापति मध्येका एक मन्चमा आसिन भारती गौतमलाई उद्घोषकले सिर्जना वाचन, मन्तव्य र सभा बिसर्जन गर्न अनुरोध गरे पछि सुरु भएको थियो -रात्री भोज | कार्यक्रम समाप्ति पछि अधिकांशको मुखबाट कार्यक्रमको प्रसंशा हुदै थियो – यस्तो पो कार्यक्रम , छुट्टै स्वाद आयो | सिर्जना उत्सवको ३७ औ शृंखला साहित्यकार एलबी एरको संयोजनमा जुलाइको अन्तिम सातामा हुने भएको छ |

प्रतिक्रिया