काबुलमा आत्माघाति बम विस्फेटन १४ नेपालीको मृत्युु

इनेप्लिज २०७३ असार ६ गते ११:२६ मा प्रकाशित

Suicide attack minibus

काबुल असार ६,२०७३ । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवार मिनिबसमा आत्मघाती बम आक्रमण हुँदा १४ जनाको ज्यान गएको छ । सोमबार बिहानै मिनी बसलाई निशाना बनाएर गरिएको आत्मघाती बम आक्रमणमा १४ जना नेपालीले ज्यान गुमाएका छन् ।

क्याडियन दुतावासमा कार्यरत १४ जना नेपाली सुरक्षाागार्ड रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानी अधिकारीका अनुसार यस हमलामा परेर ३० भन्दा धेरै मानिस गम्भीर घाइते भएका छन् । आक्रमणमा परेको यस मिनिबसमा १४ जना नेपाली सुरक्षागार्ड जललावादको बाटो हुैदै काबुलस्थित क्याडियन दुतावासको कार्यलय ड्यटीकालागि सवार थिए । अफगानिस्तानमा रामधान सुरुवात भएको महिनाको पहिलो आक्रमण रहेको तालिवान प्रवक्ताले दावि गरेका छन ।
स्थानीय प्रहरीका अनुसार आत्ममघाती हमलामा संलग्न व्यक्ति पैदल नै सवार थिए । आत्माघाति आक्रमणकारीले मिनिबस आफू नकिज आइपुगेपछि बम विस्फोटन गराएको जनाएको छ् । घटनास्थलमा २ दर्जन एम्बुलेन्स पुगेर ससक्त घाइतेहरुलाई अस्पताल लगिरहेको जानकारी दिएका छन ।

प्रतिक्रिया