डिसीमा चित्रकार केसीलाई ३ वटा पुरस्कार

इनेप्लिज २०७३ असार ५ गते १६:३६ मा प्रकाशित

rajendra kc 7

वाशिंगटन डिसी , गत जुन १८ तारिख भर्जिनियाको फल्स चर्चमा भएको चित्रकला प्रतियोगितामा नेपाली मूलका चित्रकार राजेन्द्र केसीलाई एकै पटक ३ वटा पुरस्कार प्राप्त भएको छ l उनले उक्त प्रतियोगितामा ५० औ कलाकारहरुले बनाएका प्रदर्शित चित्रलाई हेर्न आएका दर्शकले केसीका चित्रलाई मतदान गरि छनौट गरेको कारण उनले नगद सहित पुरस्कार प्राप्त गरेका छन् l

यसै गरि उनले सहभागी भएका सबै कलाकारहरुले बनाएका चित्रहरुलाई पनि स्वयम् कलकारहरुले मतदान गरि उनको चित्र उत्कृष्टमा छनौट भएको कारण उनले अर्को पुरस्कार समेत हात पार्न सफल भएका छन् l

rajendra kc 3

यसै गरि उक्त प्रतियोगितामा निर्णायकहरुले उत्कृष्ट कलाकारहरुले बनाएको चित्रलाई पुरस्कृत गर्ने क्रममा उनले बनाएका चित्रलाई समेत छनौट गरि उनलाई एकै दिनमा ३ वटा पुरस्कार प्रदान गरिएको छ lकाठमाडौँ जावलाखेल घर भै झन्डै ८ बर्ष अगाडी सपरिवार अमेरिका आएका केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउदा आफु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउदा उकुस मुकुस भएको बताए l

अमेरिकाका स्थानीय बिदेशी कलाकारहरु संग हातेमालो गरे पछि आफु पनि बिदेशी संग अगाडी बढ्न मार्ग खुलेकोले अमेरिकामा आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाएकोमा केसीले खुशी लागेको बताए l अमेरिकाको डिसी महानगर क्षेत्रमा नेपाली मूलका कलाकार राजेन्द्र केसी जम्दै छन् l सन् १९९६ देखि नै ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा केवल चित्रकलालाई मात्र अगाल्न नसकिने बताए l

rajendra kc 1

केसीले यी पुरस्कारहरु पहिलो पटक मात्र हात परेका हैनन् गत ५ बर्ष देखि चित्रकलामा पटक पटक पुरष्कृत हुदै आएका केसीले प्रदर्शनमा ४ वटा चित्रहरु राखेका मध्ये ३ वटाले पुरस्कार प्राप्त गर्न सफल भएको छ l फल्स चर्च शहरका नगर प्रमुख तथा फल्स चर्च कलाकारक सभापतिले केसीलाई पुरस्कार प्रदान गरेका थिए l

प्रतिक्रिया