गीत

इनेप्लिज २०७३ असार ५ गते ४:५४ मा प्रकाशित

ram-chandra-sharma-300x275तारा न गन्नु , भोलि न भन्नु
चाहिन्न दौलत , मर्छु न भन्नु
चाहिन्न दौलत , मर्छु न भन्नु

यो देह पोषि पाइन्न केहि
ढांटेर चोरी गर्छु न भन्नु
ढांटेर चोरी गर्छु न भन्नु

बरदान हुन् यी दुइ दीर्घबाहू
मागेर जीबन भर्छु न भन्नु
मागेर जीबन भर्छु न भन्नु

यो देश तिम्रो परिकल्पनाको
छाडेर अन्तै सर्छु न भन्नु
छाडेर अन्तै सर्छु न भन्नु

प्रतिक्रिया