अमेरिकामा पुरुष तथा महिला किन आफ्नो काम संग असन्तुष्ट हुन्छन ?

इनेप्लिज २०७३ असार ४ गते २२:२९ मा प्रकाशित

bijay

सन्तोषम परम सुखम ! तपाईंसंग जे छ ,त्यसैमा रमाउन ,अनि सन्तुष्ट हुन सिक्नुहोस् भन्ने भनाई छ l त्यसबाट तपाईको जीवन सुखी हुनेछ पनि भनिन्छ l मानिसको स्वभाव असन्तुष्ट हुन्छ l पुरुष या महिला सन्तोष भएर बाच्न सक्दैनन् l र ,आफुले पाई रहेको कुरामा सन्तोष हुन् जान्दैनन् l

मानिसका असिमित ईक्षाहरु हुन्छन l मानिस कहिले केहि कुरामा पनि तृप्त हुन् सक्दैन l आफ्नो नराम्रो लाग्ने र अर्काको राम्रो देख्ने हाम्रो स्वभाव छ l अमेरिका आउन पाउदा के के हुने हुन्छ भन्ने मानिसहरु देश प्रति सन्तोष हुन्छन तर आफ्नो काम प्रति भने अमेरिकाका मानिस असन्तुष्ट हुन्छन l

अमेरिकामा न्यु योर्कको गैर मुनाफा संस्थाले गरेको सर्वेक्षण अनुसार अमेरिकामा झन्डै ५२.३ प्रतिसत मानिस आफ्नो काममा असन्तुष्ट हुन्छन भनि उल्लेख गरेको छ l सन् १९८७ देखि हरेक बर्ष नियमित रुपमा कामको सन्तुष्टि बारे सर्वेक्षण गर्दै आएको संस्थाले जनाए अनुसार तीन दशक अगाडी सम्म ६१ प्रतिसत मानिसले जागिरमा सन्तोष भएको उत्तर दिएका थिए l

तर सन् २०१० सम्मको अवधिमा भएको आर्थिक मन्दीको असरको कारण ४२. ६ प्रतिसत कर्मचारीले आफ्नो जागिरमा सन्तुष्ट भएको बताएका छन् l उक्त गैर मुनाफा संस्थाले कामदारसंग उनीहरुका अनुभव ,जागिर सुरक्षा ,तलब ,प्रबर्धन नीति ,बिदा नीति ,बिरामी बिदा ,स्वास्थ्य योजना तथा अवकास तथा निबृतिकरण बारेमा गहन सर्वेक्षण गरि यस्तो नतिजा निकालेको हो l र १९८७ अगाडी मानिस अहिलेको भन्दा खुशी भएको बताएका थिए l

उनीहरुमा गरिएको सर्वेक्षण अनुसार ५४.६ प्रतिसतले भौतिक वातावरण १९८७ मा मन पराएका थिए भने हालको भौतिक वातावरण ५६.७ ले मन पराएका छन् १९८७ मा उनीहरुले उपकरण मन लागेको बताएका छन् l यसै गरि अर्को सर्वेक्षण अनुसार जुन कामदार जसले १ लाख २५ हजार डलर भन्दा ज्यादा बार्षिक कमाउछ उनीहरु सन्तुष्ट रहेको पाईएको छ l जस्मा ६४.१ प्रतिसत आफ्नो क्षतिपूर्तिमा(कमपनसेसन्) तृप्त रहेको पाइयो l

यसै गरि मध्यम सिमाका कामदार जसले ५० हजार देखि ७५ हजार सम्म कमाउने गर्छन उनीहरुमा ४४.४ प्रतिसत सन्तुष्ट भएको पाईएको छ भने सन् २०११ मा केवल ४५.८ प्रतिसत मात्र कामदारहरु सन्तुष्ट रहेको देखाएको छ l उनीहरुलाई के चिजको कारण कामदारलाई सर्बाधिक सन्तुष्ट दिन्छ भन्ने जिज्ञाशामा ५९ प्रतिसतले काममा अभिरुचि हुनु पर्यो भने कामदार सन्तोष हुन्छन भनि सर्वेक्षणले देखाएको छ l मानिस काममा दत्तचित्त भएर लागेमा खुशी हुन्छ भनि ६०.६ प्रतिसतले उत्तर दिएका छन् l

कामदारहरुलाई के कारण चिन्ता बढ्छ भन्ने जिज्ञाशामा जागिर बाट हटाउछ भन्ने कुराले सताउने गरेको बताए l ४६.६ प्रतिसत कामदारले काममा सन्तुष्ट भएको बताए भने आर्थिक मन्दी हुनु अगाडीको अवस्थामा ४८. ५ प्रतिसतले सन्तुष्ट भएको बताएका थिए l

आश्चर्यको कुरा के हो भने ५९.४ प्रतिसत कामदारले अमेरिकाका पूर्व राष्ट्रपति रोनाल्ड रेगनको अवधि सन् १९८७ मा आफ्नो जागिर सुरक्षित तथा सन्तुष्ट भएको बताएका थिए l महिला तथा पुरुष दुबैमा अभिरुचिपूर्ण सर्वेक्षण गरिए अनुसार पुरुषहरु अमेरिकामा महिला भन्दा ज्यादा सन्तुष्ट भएको देखाएको छ l पुरुषहरु ४७.८ प्रतिसत तथा महिलाहरु ४६.३ प्रतिसत आफ्नो जागिरमा सन्तुष्ट भएको पाइयो l

महिला तथा पुरुषमा बढुवाको बिषयमा गरिएको सर्वेक्षणमा तुलनात्मक रुपमा महिलाहरु २१.४ प्रतिसतले मात्र सन्तुष्ट भएको पाईयो भने पुरुषहरु २६.१ प्रतिसतले सन्तुष्ट भएको देखाएको छ l अन्य सुबिधाहरुमा पनि महिला कामदारहरु केवल ३४.३ प्रतिसत मात्र सन्तुष्ट भएको पाइएको छ भने पुरुषहरु ३८.३ प्रतिसत सन्तुष्ट भएको सर्वेक्षणले देखाएको छ l झन्डै ५ हजार भन्दा ज्यादा परिवारका झन्डै १ हजार ७ सय कामदारहरुले दिएको प्रतिउत्तर द्वारा निकालिएको गैर मुनाफा संस्थाले जनाएको छ l

अमेरिकामा पछिल्लो डेढ दशक नेपाली समुदाय पनि बिज गणतीय रुपमा वृद्धि हुदै गरेको अवस्था देखिएको छ l नेपाली समुदायलाई पनि यो रोगले पक्कै पनि गाजेको होला l कतै हामी पनि असन्तुष्ट त छैनौ ? सन्तोषम परम सुखम सिद्धान्त नै अपनाउने कि ?

आगे यहाँको मर्जी

प्रतिक्रिया