गोंगबुमा गुरुङको शव फेला

इनेप्लिज २०७३ असार ३ गते ८:२८ मा प्रकाशित

काठमाडौँ, ३ असार । काठमाडौँको गोंगबुस्थित सडकमा आज एक शव भेटिएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार अन्दाजी ४५ वर्षीय देखिने कास्की स्थायी घर भएका सुकुमान गुरुङको शव शङ्कास्पद रुपमा भेटिएको हो ।

गुरुङको मृत्यु के कारणले भएको भन्ने यकिन नभएको जनाउँदै शवपरीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया