नेपालीमुलका अमेरिकी कैले बन्ने हामी ??

इनेप्लिज २०७३ असार १ गते २२:५९ मा प्रकाशित

subash

यदि मैले हाम्रो समाजको कुनै संस्थाको संयोजन गर्न पाए भने म त्यस्तो नियम बनाउथे जहाँ पुराना पुस्ताले अंग्रेजी भाषामा र नया पुस्ताले नेपाली भाषामा बोलेर कार्यक्रम चल्ने थियो | म पुराना पुस्तालाई एल्विस र मेडोनाका गीतहरु सुनाउथे होला अनि नया पुस्तालाइ नारायण गोपाल र तारा देवीका |

एक भन्दा बढी भाषामा पारंगत हुनु भनेको वास्तवमा एकदमै ठुलो कुरा हो | विश्वमा वास्तवमै येस्ता मान्छेको प्रतिशत नगण्य होला | एउटा नया पुस्ताको अधिकांश नेपालीले नेपालमा तीन भाषा (नेपाली, अंग्रेजी र हिन्दी) बोल्न अनि लेख्न जान्दछन | तर बिडम्बना अमेरिकामा भने नया पुस्ता अंग्रेजी भाषामा मात्र सिमित हुन पुग्याछ | अनि हाम्रो पुरानो पुस्ता अमेरिकामा आयेर त उसले नेपालमा जानेको अंग्रेजी पनि बिर्सिसको |

आफ्नो समूह बाट उ बाहिर निस्किनै सकेको छैन अझ भनुम कोशिश नै गर्दैन | तिनै नेपालमा बदनाम नेतागण, तिनै देश बिगार्ने राजनीतिक पार्टीहरु तिनकै पछि लागेर हिडेको छ पुरानो पुस्ता | नया पुस्ता नेपाली बोल्न पनि नजान्ने पुराना पुस्ता रैथाने नेपाली भएर बस्ने, खोइ कैले बन्ने होला हामी नेपालीमुलका अमेरिकी |

नेपाली संस्कृतिको विशेषता भनेको माया प्रेम अनि आदर सत्कार | अमेरिकी संस्कृतिको विशेषता भनेको परिश्रम अनि सम्पन्नता | आफैं सोच्नुस यी दुबैको समिश्रण भयो भने कति राम्रो हुनेछ भनेर | आफ्ना साना छोरा छोरीले अमेरिकी एक्सेंटमा अंग्रेजी बोले भनेर मक्ख पर्नै पर्दैन यो त साधारण कुरा हो अनि उनीहरुसंग कनिकुथी अंग्रेजीमा बोल्ने पर्दैन, उनीहरुसंग त नेपालीमा कुरा गर्नुस मात्र नेपालीमा | उनीहरुलाइ क,ख,ग,घ / क, का, कि, की/१,२,३,४ तेतीमात्र सिकाउनुस | त्यो भन्दा बढी पर्दैन | उनीहरुका छुट्टि बर्बाद पारेर नेपाली स्कूलमा लगेर वर्षै भरि पढाउने भूल पनि नगर्नुस | उनीहरुले झन सिक्दैनन | अमेरिकी समाज स्वछन्द छ अनि नया पुस्ताले स्कूल/कलेजमा त्यहि सिक्छ, यहाँ पुरानो पुस्ताको जिम्मेवारी हो कसरि उसलाई ठिक्क चाहिनेजत्ति नेपाली संस्कृति सिकाउँ भन्ने |

अब पुरानो पुस्ता भने किन पछि पर्ने, उसले पनि नया पुस्ता संगसिक्ने धेरै कुरा छ | प्रविधि, परिश्रम अनि अंग्रेजी भाषा यो सिक्न सक्छ पुरानो पुस्ताले नया पुस्तासंग | अंग्रेजी भाषा नेपाली भाषा भन्दा धेरै सरल भाषा हो, सजिलै जो कोहिले पनि बोल्न सक्ने | एकचोटी बुझिएन भने सरि भन्दै फेरि सोध्ने कति सजिलो अप्ठ्यारो मान्नै पर्दैन |

विश्वभरिका मान्छे छन् यो देशमा राम्ररी बोल्न आएन भनेर आत्तिनै पर्दैन | अब अमेरिकाको स्थायी बासिन्दा/नागरिक भएपछी एल्विस/मेडोना/सेलेना गोमेज सुन्नु पर्छ अनि पो कसरि बोल्दार छन थाहा हुन्छ | सम्माननीय शेर बहादुर देउवा को बोलि त बुझ्नेलाई डोनाल्ड ट्रंपको कुरा बुझ्न त झन् सजिलो छ | राजेश हमाल मात्र होइन टम क्रुज पनि हेर्नु पर्छ | नेपालका मान्छे कोहि भन्दा कम छैनन् भनेर देखाउनु पर्दैन र ??

अब आउनुस हामी सबै मिली नेपालीमुलका अमेरिकी भएर यो मुलुकमा शानले बसौं खुम्चिएर होइन फैलिएर |

प्रतिक्रिया