एटलान्टा मा  “दिनेश अधिकारी साहित्यिक संध्या-२०१६”सम्पन्न 

इनेप्लिज २०७३ जेठ ३२ गते १०:४६ मा प्रकाशित

IMG_2424

अमेरिकाको एटलान्टा स्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा अनेसास जोर्जिया च्याप्टरको आयोजना गत जुन ११, २०१६ का दिन “दिनेश अधिकारी साहित्यिक संध्या-२०१६” सफलताका साथ सम्पन्न भयो | उक्त कार्यक्रमको प्रारम्भमा नेपाली राष्ट्रिय गानका संगीतकार स्व. अम्बर गुरुङलाई श्रद्धान्जली अर्पण गर्न वहांको तस्वीरमा माल्यार्पण गरेर एक मिनेट मौन धारण गरिएको थियो |

च्यापटरका महासचिव किरण ढकालले संस्थाको बारेमा संक्षिप्त बोल्दै दिनेश अधिकारीद्वारा रचित राष्ट्रिय भावको “पहाडमा जाडो बडे तराइले सेक्नु पर्छ” वोलको गीत गाएर सबै श्रोता तथा दर्शकहरुलाई कार्यक्रमप्रति आकर्षित पारे भने कार्यक्रमको उद्घोषिका तथा अनेसास जर्जिया च्यापटरका उपाध्यक्ष अम्विका लोहनीले कवि तथा गीतकार दिनेश अधिकारीको बारेमा छोटो परिचय प्रस्तुत गरिन् |

कार्यक्रमको संयोजक नासाका पूर्व अध्यक्ष समाजसेवी राजा घलेले उपस्थित कला, साहित्य र संगीतप्रेमी सबै महानुभावहरुलाई हार्दिक स्वागत गर्नुका साथै यति महत्वपूर्ण कार्यक्रम गर्ने अवसरको व्यवस्था मिलाई कार्यक्रम सम्पन्न गर्न उर्जा प्रदान गर्नुहुने कोलोराडो निवासी अनेसासका पूर्व अध्यक्ष कवि/गीतकार ज्ञानेन्द्र गदाललाई विशेष धन्यवाद दिनुभयो |

IMG_2405

त्यसपछि आयोजकबाट प्रमुख अतिथि तथा कार्यक्रमका आकर्षण कवि/गीतकार दिनेश अधिकारी र वहाँकी धर्मपत्नी श्रीमती उषा अधिकारीलाई खादा अर्पण सहित मायाको चिनो प्रदान गरि सम्मान गरेपछि “दिनेश अधिकारी साहित्यिक संध्या-२०१६” को औपचारिक कार्यक्रम शुरुभयो |

IMG_1011

उक्त कार्यक्रममा कवि/गीतकार दिनेश अधिकारीले आफ्ना प्रस्तुत गीत-कविताका सन्दर्भमा केहि मिठा-मिठा किस्साहरु बोल्दै दुई दर्जन जति कविता र गीतहरू वाचन गर्नुभयो | वहाँका सिर्जना, प्रश्तुति शैली र विचार सम्प्रेषणबाट कार्यक्रममा श्रोता एवं दर्शकहरुले आनन्द लिए l

IMG_1013

एकल प्रस्तुतिको समाप्तिसंगै आफ्ना केहि बिचारहरु राख्ने क्रममा कविजीले कार्यक्रमप्रति आफु अत्यन्तै खुशी भएको र यो नै नेपाल बाहिर विदेशी भूमिमा आफ्नो पहिलो एकल प्रस्तुति भएको समेत खुलासा गर्दै आयोजक अनेसास जोर्जिया च्याप्टरका सबै पदाधिकारीहरुप्रति धन्यवाद अर्पण गर्नुभयो |

IMG_2396

साथै यस कार्यक्रमका संयोजक साहित्य, संगीत र कलाप्रेमी समाजसेवी राजा घले र यसको व्यवस्थापन सहित प्रवन्ध मिलाइदिनुहुने कोलोराडोवासी कवि/गीतकार ज्ञानेन्द्र गदालप्रति विशेष आभार प्रकट गर्दै उपस्थित दर्शक-श्रोतामा कृतज्ञता ज्ञापन गर्नुभयो |

अन्तमा कार्यक्रमका सभापति एवं अनेसास जर्जिया च्यापटरका अध्यक्ष चेतनाथ घिमिरेले श्रष्टा तथा दर्शकश्रोता सबैलाई धन्यवाद दिंदै कार्यक्रम अन्त्यको घोषणा गर्नु भयो ।

प्रतिक्रिया