आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १७:२०
वासिङटन डिसी 07:35

सन्दर्भ दिपक दीपाश्रीको क्यानाडा भ्रमणमा अतीत केलाउँदै चर्चामा एनआरएन क्यानाडा

इनेप्लिज २०७३ जेठ ३२ गते ९:०३ मा प्रकाशित

13434726_1112591685471960_2497013562192782768_nमेरो अभिनय कला यात्रामा धेरैनै कलाकारहरुसँग सङ्गत भएको थियो । सडक, मञ्च, टिभी र रेडियोमा आप्mनो सम्लग्नता रहेको बेला सम्सर्गमा आएका यी कलाकारहरु मध्येबाट आज राष्ट्रिय कलाकारका रुपमा विश्वभरीका नेपालीहरुका बीच परिचित दिपकराज गिरी पनि एक हुन् । दिपकसँगै दीपाश्री निरौलाको संलग्नताले पनि दिपकलाई अझ भनौं दुवैलाई शिखरमा पु¥याएको कुरालाई कसैले पनि नकार्न सक्दैन । उनको टिभी श्रृङ्खला “तीतो सत्य” नेपाली टिभीमा एउटा क्रान्तीनै ल्याएको थियो । यसले सफलताको शिखर आरोहण गर्दागर्दै सरकारी निकायबाट तयारो लगाई दिएको समाचार छताछुल्ल भएपछि दिपकराज गिरीको नयाँ अवतार हेर्ने मौका हामी सबैले पायौं । त्यो हो चलचित्र कर्मीका रुपमा दिपक । हुन त दिपकले ट्वाक्क टुक्क हाँस्यव्यग्ँय टिभी प्रस्तुतिलाई पनि निरन्तरता दिदै आएका थिए । त्यसमा मलाई पनि उभ्याए अभिनय गराएको सम्झना आलै छन् । मैले २०३५ सालदेखि मैले गाईजात्रा महोत्सवमा प्रवेश गरेर २०५८ मा छोडेको थिए । दिपकसंगै पनि मैले गाईजात्रा गरेको थिए । यस क्रममा मैले दीपाश्रीलाई २०५० सालको गाईजात्रा महोत्सवमा पहिलोपटक हाँस्य कलाकारका रुपमा मञ्चमा उभ्याउन पाएको थिए । सम्भवतः त्यहीबाट दीपाको मञ्चीय हाँस्य यात्रा शुरु भएको कुरा दीपा पनि स्वीकार्छिन् । दिपक र दीपालाई क्यानाडामा पाएर मैले सम्झनाको सेतु बाधेर अतीतलाई सम्झदै कुराको बिट मार्ने बिचार गरेर केही समया अतीतलाई सम्झदै वर्तमानमा रमाउँदै मीठो कुराकानी गरेका थियौ ।

दिपकलाई मैले २०४८ सालदेखि चिनेको थिए । पहिलो जन–आन्दोलनको सफलता पछि रेडियोमा सामाजिक विसङ्गतिपूर्ण एवम् तीता मीठा सत्य तथ्य घटनाहरुमा आधारित हाँस्य– ब्यङ्ग्यात्मक कार्यक्रम “दिन प्रतिदिन” को संचालन प्रारम्भ गरेको थिए । नाटकीय प्रस्तुति भएको हुनाले कलाकारहरुको आवश्यकता भई नै रहन्थ्यो र त्यसताका रेडियो नाटकमा अभिनय गर्नका लागि कलाकारहरु रेडियो परिससमा जम्मा भई नै रहन्थे । मेरो कार्यक्रममा मोहन मिश्र, मञ्जु भण्डारी, राधिका (पूजा चन्द), दमन रुपाखेती, जितु नेपाल, रजनी श्रेष्ठ, मैना धिताल, सोभिता पराजुली, विष्णु शितल, सोमनाथ सुवेदी, दीपाश्री निरौला, सुरवीर पंडित, श्रीषा कार्की आदि कलाकारहरु नियमित रुपमा सम्लग्न थिए । दिपकले आप्mनो अभिनय यात्रा रेडियो नाटकबाट शुरुगरेको बताएका छन् भने रेडियो नाटकपछि नै उनले “दिन प्रतिदिन” कार्यक्रममा आउन थालेका थिए । प्रारम्भमा अभिनय गर्दै आएका दिपकले कार्यक्रमको आलेख पनि लेख्न थाले । उनका केही आलेखमा प्रारम्भमा धेरै नै र कालान्तरमा बिना सुधार गरी स्वराङ्कन गर्न थाले । उनमा हा“स्य– ब्यङ्ग्यात्मक शैलीमा लेख्ने प्रतिभा रहेको भविष्यवाणी मैले त्यसबेला गरेको कुरा दिपक अहिले पनि सम्झने गर्छन । दिपक एक कुशल र प्रतीभामान कलाकारमात्र नभएर उनी केरिकेचर गर्नमा पनि सफल छन् । किसुनजी, गिरिजा प्रसाद, शेरबहादुर देउवा आदि विभिन्न नेताको आवाजको हुबहु नक्कल मात्र गर्दैनन् यी नेताहरुको हिडाई र बसाईलाई पनि दुरुस्त उतार्नमा माहिर छन् ।

13445622_10209750098940164_5142178236138523861_n

मैले आफ्नो नेपाल भ्रमणको बेला अहिलेका नेपालको सानो र ठुलो पर्दामा ख्याति पाई रहेका चार हा“स्य–ब्यङ्ग्यात्मक कला प्रतिभाहरुसँग बसेर सधै केही भलाकुसारी गर्ने मौका पाउदै आएकोे थिए । ती चार कलाकारहरु दिपकराज, दीपाश्री, जितु नेपाल र दमन रुपाखेती मध्येका दुई दिपकलाई आज मैले मेरो लेखाईको माध्यम बनाएको छु । दिपकसंगै मैले दीपालाई पनि यहाँ समेट्ने प्रयास गरेको छु । दिपकको कला प्रतिको लगनशिलता मैले दिपक रायमाझीको टेलीश्रृखला “नमस्ते काठमाण्डौं” को छायाङ्कन गर्दा अनुभव गरेको थिए । मैले मिति र साल विर्से । भद्रकालीमा छायाङ्कन चल्दै थियो । त्यस श्रृखलामा मेरो पनि मुख्य भूमिकामा सम्लग्नता रहेको थियो । निर्देशकले प्रहरीको एउटा सानो भूमिकाको लागि दिपकलाई बोलाएका रहेछन् । त्यसबेला दिपकको कपाल लामो थियो –अहिलेभन्दा पनि लामो) तर उनले टिभीमा अभिनय गर्न आप्mनो कपाल काट्न पनि तयार भएका थिए । उनको यो अभिनयप्रतिको लगाव प्रारम्भदेखि नै थियो भन्ने कुरा यसबाटनै प्रमाणित हुन्छ । त्यसैले आजको दिपक बन्नलाई उनले धेरै अगाडिदेखिनै कलात्मक लगानि गरेका थिए । दिपकसँग यसभन्दाअघि मैले अन्तरर्वाताको लागि २००८ मा नयाँ बानेश्वरको ब्याकरी क्याफेमा भेटेको थिए । म दिपकलाई कुरेर बसी रहेको थिए । जितु नेपाल पछि सोमनाथ आए । दमन आप्mनो टेली श्रृखलाको छायाङ्कनमा ब्यस्त हुने भएकोले आउन न सक्ने जानकारी दिएका थिए । दिपकको आगमनसँगै ब्याकरी क्याफेमा खासखुस खासखुस शुरु भयो । वाक् एवम् श्रवण शक्ति गुमाएका युवाहरुलाई ग्राहक सेवामा क्याफेमा राखेर नाङ्लो समुहले नेपाली समाजमा एउटा उदाहरणीय कामको थालनी गरेको थियो । प्रसङ्ग दिपकको थियो, दिपकको आगमन भएपछि सबै वाक् एवम् श्रवणहीन ग्रहक सेवक÷सेवीकाहरु दिपकलाई हेर्न घरी घरी हाम्रो टेबल निरबाट आवत जावत गर्न थाले । यतिसम्म कि एकजना सेवीका दिपकलाई हेर्दै हातमा सामान सहितको किस्ती लिएर जादा उताबाट त्यसरी नै किस्ती लिएर आएका सेवकसँग ठोक्किन पुग्दा दुवैको किस्ती भुईमा खसेर कप÷गिलास÷प्लेटहरु सबै फुटेको थियो । यसबाट पनि नेपालमा त्यसबेलादेखि नै दिपकको बजार गरम रहेको प्रमाणित गर्छ ।

सन्तोष पन्तको हिजो आजका कुराबाट सानो पर्दामा अभिनय यात्रा शुरुगरेका दिपकले नमस्ते काठमाण्डौ हुदै ट्वाक्क टुक्कसम्म आईपुग्दा परिपक्कता पाईसकेका थिए भने काउँकुतिबाट उनको लेखनले पनि परिचय पाउन थाल्छ । केही समय रेडियो नेपालको कर्मचारी भएर काम गरेका दिपकलाई रेडियो नेपालको वार्षिक कार्यक्रममा प्रस्तुत गरेको एउटा प्रहर्शनले गर्दा जागिरबाटै हात धुनु परेको थियो । उनको त्यो ब्यङ्ग्यात्मक प्रस्तुतिले सांसदलाई किराको रुपमा प्रस्तुत गरेको निहु पारेर तत्कालीन संचार मन्त्री जयप्रसाद आनन्दले तत्काल नै कारवाही गर्न लगाएर उनलाई जागिरबाट निकालिएको थियो । यस प्रसङ्गमा त्यसबेला दिपकले देशमा प्रजातन्त्र नआएको र पहिले पञ्चायतको एकतन्त्रिय शासन ब्यवस्ता थियो भने अहिले बहुदलीय दलको एकतन्त्रिय ब्यवस्था चलेको बताएका थिए । यथार्थमा भन्ने हो भने दिपक आफै पनि कांग्रेसका समर्थक भएर दलको महाअधिवेशनमा मसँग नेपालगञ्ज र पोखरा गएका थिए । तर जुन दलकालागि उनले आप्mनो प्रतीभा प्रस्तुत गरेका थिए त्यही दलको सरकारले उनलाई जागिरबाट निकाली दिएको थियो । तर यो घटनाले दिपकलाई आप्mनो लागि संघर्ष गनु पर्छ भन्ने सबक सिकाई दियो । उनी निरन्तर आप्mनो उन्नति एवम् प्रगतिका लागि संघर्षरत् रहेर आज यस अवस्थासम्म आई पुगेका छन् । आज जनताको प्रिय बनेका दिपक मौका पाए चुनाउ जितेर संचारमन्त्री बन्न पनि बेर लाउँदैनन् तर उनलाई निकाल्ने नेता कहिल्यै पनि दिपक गिरी बन्न सक्दैनन् । दिपकले आप्mनो ब्यवसाय प्रति वफदारी गरेर नै आजको उँचाईसम्म पुग्न सफल भएका छन् तर उनलाई निकाल्ने तत्कालीन मन्त्रीले आप्mनो स्वार्थको लागि आप्mनै दलसँग वफादारी गर्न सकेनन् ।

दिपकलाई रङ्गमञ्चमा अभिनय गर्ने सौक सानैदेखि नै थियो । अभिनय यात्राको थालनी पनि थानकोटमा देखाइने नाटक आदिबाट गरेका थिए भने आज पनि नेपालमा गाईजात्राको अवसरमा आप्mनो उत्कृष्ठ प्रहर्सन देखाउन पछि पर्दैनन् । अनि नेपाल बाहिर अझ भनौ विदेशभरी नै उनले आप्mनो प्रतीभाको प्रदर्शन रङ्गमञ्चमा नै गर्ने गर्छन । रेडियोको नाटक र दिन प्रतिदिन कार्यक्रमबाट दिपक र दिपा निरौला अभिनयात्मक प्रस्तुतिका लागि नजिकिएको भन्दा अत्युक्ति न होला । तर रेडियोको रामविलास र धनीयाको चरित्रमा कान्तिपुर एफ.एम.बाट परिचित हुन पुगेका यी जोडीले त्यस पछि आप्mना सम्पूर्ण कार्यक्रमहरुमा जोडी नम्बर वन बनेर नेपाली श्रोता एवम् दर्शकलाई हाँसोका टोनिक बाडी नै रहेको पाइन्छ । अहिले पनि यो जोडी नम्बर वनमा आउने गर्छ । अझ अहिले त दीपाले चलचित्र निर्देशनमा पन फड्को मार्न सफल भएकी छिन् । आज दिपक नेपालमा मात्र सिमित छैनन् । उनको ख्यातीले उनलाई युरोप, उत्तर अमेरिका, एशियाबाट लिएर खाडी मुलुकसम्म पुर्याइदिएको छ । जहाँ नेपाली समुदाय छन् त्यहाँ दिपकको ख्याति छ भन्दा अतिशयोक्ति नहोला । यसै क्रममा उनको पहिलो क्यानाडा भ्रमण भर्खर सम्पन्न भएको छ । दिपक दीपाको जोेडीलाई आफ्ना दुई प्रस्तुतिबाट दर्शकलाई भरपुर मनोरञ्जन दिएर गए । कलाले कलाकार बनेका दिपक काठमाण्डा्रैंको थानकोटको एउटा गाँउमा जन्मेर आज नेपाल हुँदै नेपालीदेखि विश्वभरी जहाँ नेपाली त्यकाँ दिपक भएर पुगेर विश्वसामु परिचित हुन पुगेका छन् । यो प्रतिफल उनको कलाप्रतिको आस्था, निष्ठा र लगनशिलताको परिणम हो ।

दिपकले नेपाली चलचित्रमा रक्षक चलचित्रका माध्यमबाट प्रवेश गरे तापनि उनलाई चलचित्र भन्दा बढी मञ्च र टिभीमा नै आफुलाई सजिलो अनुभव हुन्छ । चलभित्रमा बढी स्वाङ्, ढ्वाङ् र फुर्ती देखाउने प्रवृति रहेकोले आफुलाई त्यसबाट टाढै राख्न चाहे तापनि उनले केही चलचित्रमा सानोतिनो भूमिकामा अभिनय गरी सकेका छन् भने दिपक रायभाझी टिभी श्रृखला नमस्ते काठमाणैंमा सानो अभिनय गर्न ठूलो (लामो) कपाल कमेत काट्नु परेको थियो, उनै रायमाझीले दिपकलाई आप्mनो चलचित्र सुन्दर मेरो नाम मा मुख्य भूमिकामा अझ भनौ नायक भएर अभिनय गराएका छन् । यस सम्बन्धका चिरञ्जिवीको चोर चलचित्र हिन्दी चलचित्र अनाडिको हुबहु नक्कल जस्तै यो सुन्दर मेरो नाम पनि कतै महमुदको मै सुन्दर हँँु को नक्कल त हैन भन्ने जिज्ञासा राख्दा दिपक होइन होला मात्र भन्न रुचाउछन् । चोर चलत्रित्रको छायाङ्कनको बेला दिपक रेडियोको दिनप्रतिदिन कार्यक्रमसँग सम्लग्न थिए र आफुलाई चोर चलचित्रमा अभिनय गर्न चिरञ्जिवीले निम्त्याएको र आप्mनो भूमिकाको आलेख माग्दा अनिल कपुरको अनाडि चलचित्रको क्यासेट चक्का ल्याएर त्यसमा फलानोको चरित्र जस्तै तिम्रो पनि हो भनेको सम्झे ।

दिपकराज गिरी र दीपाश्री निरौला नेपाली कला क्षेत्रमा एक सफल जोडीका रुपमा चिनिन्छन् र उनीहरुको संयुक्त प्रस्तुतिले नेपाली कला जगतमा उनीहरुलाई गरिमामय स्थानमा पु¥याई दिएको छ भन्दा अत्युक्ति न होला । एकताका चङ्खे र नक्कलीको जोडीमा गोपालराज मैनाली र बसुन्धरा भुसाल चर्चित थिए भने आज दिपक र दीपाले त्यो भन्दा पनि माथिको स्थान ओगट्न पुगेका छन् । आज दिपकको ख्याती काठमाण्डौको शहरमा राखिएका ठूला ठूला र्होिडङ्गहरुले आफै बयान गर्दैछ । गाडी, खाद्यान्नबाट लिएर निर्माण सामग्री अझ रेमिटेन्सको विज्ञापनमा समेत दिपकदीपानै देखा पर्ने गर्छन् । यो सब उनको सफलता उनको लगन र परिश्रमको परिणाम हो ।

क्यानाडामा दिपक दीपा ः

क्यानाडामा दिपक दीपाको कार्यक्रम विशाल टोरोन्टोका नेपालीहरुले हेर्न नपाउनु भनेको कार्यक्रम आयोजकको कमजोरी पनि रहेको छ । क्यानाडामा दिन प्रतिदिन नयाँ नयाँ संस्थाहरु स्थापना हुदै गईरहेका छन् । श्रीमान र श्रीमतीको संस्था, श्रीमान अध्यक्ष र श्रीमती महासचिव रहेको संस्था, एउटै संस्थामा मन मुटाव भएपछि त्यस्तै नामको अर्को संस्थाबाट लिएर जाति, धर्म, जिल्ला, शहर, गाँउको नाममा समेत सस्था खोलेर अध्यक्ष हुने मौका धेरैले पाएका छन् । अब थर र शहरको नाममा खोलिनु मात्र बाँकी छ । अब नेपाली समुदायले कुन संस्थालाई मान्ने भन्नेमा यो आफैमा एउटा प्रश्न भएर आउदै रहने छ । हाम्रो राष्ट्रिय कलाकार आउदा हामी सबै नेपालीले हेर्न नपाउनुमा म दोष संस्थालाई नै दिन्छु । २००८ मा एनआरएनको स्थापनामा मेरो पनि लगानि रहेको छ । एनआरएन क्यानाडालाई क्यानाडाका नेपालीहरुको प्रतिनिधित्व गर्ने संस्थाका रुपमा स्थापित गर्न यसको स्थापना गरिएको थियो । तर आज एनआरएन क्यानाडा आफ्नै डम्फु बजाएर आफन्त नचाएर रमाई रहेको छ । एनआरएन क्यानाडाले दिपक र दीपाको कार्यक्रमको आयोजना गर्दा औंलामा गन्ने दर्शकको उपस्थितिले एनआरएन क्यानाडाको गरिमा र पहुँच कति रहेछ भन्ने प्रमाणित गर्दछ । सबभन्दा सोचनीय र प्रश्ननीय कुरा भनेको एनआरएन क्यानाडाको कार्यक्रममा एनआरएन क्यानाडाका सदस्य पदाधिकारीहरुकै अनुपस्थितिले एनआरएन क्यानाडाको लोकप्रियता कति रहेको देखाएको थियो । पचास हजार नेपालीहरुको जनसंख्या रहेको क्यानाडामा पन्ध्र सयमात्र एनआरएन हुनु भनेको संस्थाका पदाधिकारीहरुको अक्षमताको परिचय हो । त्यसैले अहिले चलेको एनआरएन क्यानाडाको हल्लालाई शान्त पार्न मिडियालाई दोष दिनु भन्दा वास्तविकता र गल्ती खोज्न र हेर्न राम्रो हुन्छ होला । त्यसैले एनआरएन क्यानाडाले कार्यक्रम आयोजना गर्दा विचार पु¥याएर सबैको सहभागिता खोज्दै जानु अनिवार्य देखिन्छ । एउटा संस्थालाई राम्ररी हिडाउन नसक्नेले अर्को क्षेत्रीय शाखा खोल्नु भनेको पदका लागि अंशबण्डा खोज्नेहरुको मुखमा बुच्चो लाउनु जस्तो मात्र हो । एनआरएनका पदाधिकारीहरु मध्ये धेरैजसो पुरानै अनुहार दोहरिएका छन् भने आधा पदाधिकारीहरु दुईदेखि तीनसंस्थाको पद समातेर बसेका छन् । यो आफैमा एउटा रेकार्ड हो ।

फेरी सन्दर्भ दिपक दीपाको कार्यक्रमको भएकोले र यसका एनआरएन क्यानाडाको आयोजना रहेकोले ३५ मिनट आफ्नै परिचय र दोष हटाउनमा खर्चियो । त्यसपछि अलिअलि गल्ती भएको स्वीकार्य पनि भयो । दिपक र दीपाको उत्कृष्ट प्रस्तुतिले दर्शकलाई मनग्य हँसायो । यो हेर्न नपाएका दर्शकले एउटा राम्रो प्रस्तुति हेर्नबाट बञ्चित हुनु पर्यो । नेपालबाट लगभग चार हजार डलर टिकटमा खर्चेर क्यानाडा आएका नेपालका चर्चित र नम्बर वन जोडीको परिश्रमिकलाई जोड्दा दुई दिनको लगभग ३०० दर्शकबाट कति उठाए कति खर्चिए यो आफैमा एउटा रेकार्ड हो भन्दा अत्युक्ती नहोला ।

अब दिपकको कलाप्रस्तुति हेर्न परे उनको वडा नं. ६ हेर्नै पर्छ । यु ट्युबबाट सजिलै हेर्न सकिले वडा नं. ६ मेरो मूल्याङ्कनमा गत वर्षको उत्कृष्ट र विषयानुसार आजको नेपाली राजनीतिको एउटा पाटोको उद्घाटन गर्ने अतियथार्थवादी प्रस्तुति रहेको चलचित्र रहेको नकार्न सकिदैन । उत्कृष्ठ अभिनय, उत्कृष्ठ कथा, कथावस्तु र संवाद अनि उत्कृष्ठ निर्देशन रहेको बडा नं ६ ले दिपकको चलचित्रकर्मीको ग्राफलाई अmभ माथि पु¥याइ दिएको छ ।

प्रतिक्रिया