किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प

इनेप्लिज २०७३ जेठ ३२ गते ७:१६ मा प्रकाशित

उर्लाबारी (मोरङ), ३२ जेठ । कृषि विकास कार्यालयले किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प वितरण गरेको छ ।

आकासे पानी र विद्युत् तथा डिजेलबाट सिँचाइ गर्दै आएका किसानले अब सौर्य ऊर्जाबाटै सिँचाइ गर्न थालेका छन् । कार्यालयले पहिलो चरणमा यस वर्ष जिल्लाका तीन ठाउँमा तरकारी खेती गर्दै आएका किसानलाई सो सौर्य ऊर्जा पम्प वितरण गरेको हो ।

इटहरा– ४ मा रहेको कृषि क्रान्ति समूह, वयरवन– २ का किसान बोधनारायण राजवंशी र कटहरी –५ का अशोककुमार सिंहलाई एक÷एक थान सौर्य ऊर्जा पम्प वितरण गरिएको कृषिप्रसार अधिकृत सत्यदेव मण्डलले जानकारी दिनुभयो । सौर्य ऊर्जा पम्प प्राप्त गरेका किसानले बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।

प्रतिक्रिया