नेपालको घर बेच्दै अमेरिकामा धमाधम घर जोड्न किन थाले नेपालीले ?

इनेप्लिज २०७३ जेठ ३० गते १२:२३ मा प्रकाशित

BIJAY-THAPA

नेपालमा भासिए तपाई भेटिनु हुन्छ तर अमेरिकामा तपाई भासिए भेटिनु हुन्न भनि नेपाली चलचित्रका प्रख्यात कलाकार सरोज खनालले अमेरिका छोड्नु अगाडी उक्त सम्बाद डिसी क्षेत्रमा भनेका हुन् l उनले त्यतिकै यो कुरा भनेका हैन्नन रहेछन किनभने उनि २ दशक अमेरिका बसेर मातृभूमि फर्केका हुन् l

नेपाली चलचित्र कि चर्चित नायिका रेखा थापाले अमेरिकाको चुम्बकीय शक्तिको कारण सबैलाई आफु तिर तानेको छ l अमेरिकाले सबै वर्गलाई मोहनी लगाउन जानेको छ भनि डिसी महानगर क्षेत्रमा एक भेटघाट कार्यक्रममा भनेकी थिइन् l

दुवै कलाकारको अभिव्यक्ति बाट यो स्पष्ट हुन्छ कि अमेरिका नेपालीको लागि अन्तिम लक्ष्य भएको मुलुक हो भन्ने बुझिन्छ l यसमा दुई मत नै नहोला l अब नेपालीहरु भावनामा डुब्न चाहदैन l देश प्रेम र राष्ट्रभक्ति एक ठाउँमा छ तर आफ्नो र परिवारको भबिष्यको लागि मानिस स्थान्तरण गर्न आइतबार कुरी रहदैनन l

अमेरिकामा घर किन्नु पर्दा नेपाली मुद्राले कुनै छोप नै लाग्दैन l तर अमेरिका मै कमाएका र केहि रकम संचित गर्ने नेपालीले नेपालमा आफ्नो पौरख र पाखुरी चलाएर निर्माण गरेको घर बेच्न अब माया मोह नलागी छिनोफानो गर्न थालेका छन् l

अमेरिकामा नै बसी बसी नेपालको घर बेच बिखन गर्न प्रसस्त नेपालीहरु लागि परेका छन् l धमाधम बेच्ने र ल्याएको रकमले अमेरिकामा नै घर जोड्ने तर्फ उन्मुख छन् l एकल या सपरिवार रुपमा नेपाल छोडी सदाको लागि अमेरिका बसोबास गर्न आएका नेपालीले यहाँ कमाएर नेपालमा जोड्ने परिकल्पना पनि गर्न छोडेका छन् l

प्रसस्त कमाए पछि नेपालमा जोड्ने पनि नभएका भने चाही हैन l तर अमेरिकामा परिवार सहित आएका नेपालीले नेपालको घर कसरि बेची त्यो रकम कसरि भित्र्याउने भन्ने तर्फ लाग्न थालेका छन् l

दशक र दुई दशक अगाडी अधिकांस नेपाली समुदायले अमेरिकामा कमाउने र मातृभूमिमा गृह निर्माण गर्ने सोच्ने गर्थे तर अहिले अधिकांस नेपाली नेपालको घर बेच्न पटक पटक नेपाल जाने र दलाल लगाउन थाली सकेका छन् l

अमेरिकामा बस्ने नेपालीलाई नेपालमा आफुले बनाएको घर तथा पैतृक सम्पत्ति टाउको दुखाई हुन् थालेको छ l देशको अन्यौल वातावरण ,बेरोजगारी ,राजनैतिक अस्थिरता ,राजनैतिक खिचातानी ,हड्ताल ,बन्द बाट आजित भएर बिदेशिएका नेपालीहरु अब कर्मथलोमा लगानी गर्ने क्रम ज्यादै बढेको छ l

अब नेपालमा सम्पत्ती राखी अरुलाई पोस्नु झैँ हुने भएकोले त्यो झन्झटबाट अमेरिका छिरेका मानिस मुक्त हुन् चाहन्छन l नेपाल बाट घर या पैतृक सम्पत्ति बेचेर अमेरिकामा घर या ब्यापारमा लगानी गरि राम्रो आय आर्जन गर्न थाली सकेका छन् l

नेपालमा घर जिम्मा लगाएर तथा भाडामा राखेको मान्छेको कारण अमेरिकामा रहेका घरधनीलाई तनाब हुने स्थिति भएको छ l घर नै उनीहरुले कब्जा गर्लान कि भन्ने भय पनि भै रहेको छ l भाडा उठाउन त त र म म पनि गर्नु परेको छ l घर बहाल भन्दा मर्मत सम्हारमा ज्यादा लगानी गर्नु पर्ने भए पछि आजित भएका नेपालीले घर खुरुक्क बेच्ने र कर्म थलोमा लागनी गर्न थालेका छन् l

नेपालमा घर बहालमा बस्नेले घर साहु अमेरिका छन् उनीहरुलाई पैसाको के कमि भनि घर बहाल रकम नतिर्ने भए पछि धुरुक्क पारे पछि घरधनीलाई नेपालको घर भालुको कन्पट झैँ हुन् थालेको छ l

नेपालमा रहेको घर बेची अमेरिकामा राख्दा धेरै फाईदा हुने हुनाले मानिसले नेपालमा घर बेच्ने गति तिब्र भै रहेको छ l बृद्ध भएका आमा बुवालाई समेत अमेरिका ल्याउने क्रम बढ्दै गए पछि कर्म थलोमा घर जोड्ने भए पछि त्यो तनाब बाट मुक्त भएका छन् l घर बहालमा बस्ने मानिसले आफ्नो सम्पत्ति झैँ गरि नाना थरि गरे पछि घरसाहु लाई अमेरिकामा पनि रक्तचाप बढाउन थालेका छन् l

२१ औ शताब्दीमा मानिस एकै ठाउँ र एकै स्थानमा बस्दैनन् l सपरिवार अमेरिका ल्याउने परिपाटी र सुबिधा भएकोले नेपालको घर घाडो भै दिनाले अमेरिकामा भासिएका मानिस खुसि खुसि बेच बिखन गर्न मानसिक रुपले तयार छन् l धमाधम नेपालको घर को टुंगो लगाउदै अमेरिकामा घर किन्न थाल्ने भएका छन् l नेपालको घर बेच्ने र अमेरिकामा घर किन्ने क्रम ज्यादै बढ्दो छ l

प्रतिक्रिया