अफवाहको भ्रममा नपर्न नेपाली जनसंपर्क समिती, अमेरिकाको अनुरोध

इनेप्लिज २०७३ जेठ २९ गते २२:२२ मा प्रकाशित

njss-new-logo

विगत केही दिनदेखी नेपाली जनसम्पर्क समिती, अमेरिका केन्द्रिय समिति र यसका विभागका बारेमा सामाजिक सन्जाल र ब्यक्तिगत तवरबाट आएका सांगठानिक कृयाकलाप, विभागीय नियुक्ती र अफवाहको बारेमा नेपाली जनसंपर्क समिती अमेरिकाको ध्यानाकर्षण भएको छ । नेपाली जनसम्पर्क समिती, अमेरिका केन्द्रिय समिती यसको विधान, आदर्श र कर्तब्यलाई कहल पुर्याउने खालले ब्यक्तिगत फाईदा, महत्वाकांक्षा र अनर्गल प्रचाररुपी अफवाहको गुमराहमा नपर्न सम्पूर्ण सदस्य तथा शुभ-चिन्तकहरुलाई हार्दिक अपिल गर्दछ ।

निर्वाचित सिंगो केन्द्रिय समिती, त्यसका कृयाशिल विभागहरु र संगठनका निकायहरुमा सकृयतापुर्वक लागेका ईमान्दार कार्यकर्ताहरु एवम एकताको बलमा प्रवासी सामुदायिक सेवामा आफुहरुलाई समर्पण गर्नुका अलावा ब्यक्तिगत प्रचार र जग हसाउनका खातिर कपोकल्पित समाचार, अनाहकका प्रयोगहिनता र असभ्य वा अमर्यादित हरेक कामका प्रति नेपाली जनसंपर्क समिती अमेरिका, केन्द्रिय समिती खेद प्रकट गर्दछ ।

राजनीति र स्वार्थ भन्दा सामुदायिक सेवामा संलग्न हुने पवित्र उदेश्यका साथ स्थापित नेपाली जनसंपर्क समिती, अमेरिका असहमत हरेक समस्या र मुद्दाहरका छलफल गर्ने सिंगो केन्द्रिय कार्यसमिती हुंदाहुंदै, केन्द्रिय कार्यसमितिको बैठकमा अमर्यादित तवरले उपस्थित हुने, समस्या र छलफलमा एकाकार नहुने तर संगठनकै बदनामका लागि अनर्गल प्रचार र भित्ता रंगाउने कार्यहरुको बिरोध गर्दछ । पार्टीका महामन्त्री आदरणीय डा. सशांक कोईरालाको रोहबरमा भएको सहमतीलाई तोड्दै एकताका खिलाफमा गरिएका हरेक प्रयासहरुको पक्षमा नेजस केन्द्रिय समिती नरहेको जानकारी गराउंदछ ।
निर्वाचित सभापतिलाई निलम्बन गरिएको तथाकथित हल्ला पहिले कसले गर्‍यो ? त्यो नाटक मन्चनका वाबजुद महामन्त्री डा. कोइरालाको उपस्थितिमा केन्द्रिय समितिको स्पश्ट बहुमतले ‘असहमतिका नाममा लागेका संस्थाका तत्कालिक सदस्यहरु’ को निलम्बन गरेको कारवाही फुकुवा गरेको प्रमाण निम्न लिन्क्मा रहेको जानकारी गराउंदछौं :

यति हुंदाहुँदैं गत हप्ता आयोजित केन्द्रिय समितिको सात घण्टाको बैठकमा बिषयमा छलफल नै नगरि अनुशासन समितिको नाममा कसैका भित्तहरुमा अहिले हल्ला भएका खबरहरु नेजस केन्द्रिय समिती, अमेरिकाको अधिकारिक मान्यता र धारणा नभएको जानकारी यसै सुचनाद्दारा जानकारी गराउंदछौं । अनुशासन समिती, केन्द्रिय समितिको बहुमत सदस्यहरुद्दारा बिधानत: सभापतिद्दारा बिघटित विभाग हो, यसमा शंका छैन । अत: कपोपल्पित समाचार, दोधारे प्रब्रित्ती र नेजस केन्द्रिय समितिका नाममा गरिएका हल्ला र काल्पनिक अफवाहका पछी नलाग्नुहुन सम्पुर्ण शुभचिन्तकहरुलाई नेजस केन्द्रिय समितिको बिनम्र अपिल छ ।

गोकुल ढकाल
प्रचार विभाग प्रमुख
एवम, केन्द्रिय सदस्य
नेपाली जनसपर्क समिती, अमेरिका
केन्द्रिय समिती ।

प्रतिक्रिया