क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६ गौरव रिजालले जिते

इनेप्लिज २०७३ जेठ २८ गते ३:२७ मा प्रकाशित

Wedding Photo award 2016

काठमाडौं /काठमाडौं फोटोग्राफर संघले बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा  आयोजना गरेको क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६  अवार्ड भब्य रुपमा सम्पन्न भएको छ । क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६ फोटोग्राफर गौरव रिजालले जित्न सफल भएका छन् । उनलाई संस्कृती, पर्यटन तथा नागरीक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले अवार्ड प्रदान गरेका थिए ।  साथै अवार्ड कार्यक्रममा फाोटोग्राफर नन्द श्रेष्ठले दोस्रो तथा चौथो पुरस्कार प्राप्त गरेका छन् । भने  सन्देश प्रजापती तेस्रो र किशोर रिजाल पाचौं भएका छन्  ।  उनीहरुलाई क्याननका मार्केटिङ मेनेजर सुनिल त्रिवेदिले  द्वितिय तथा तृतिय लाई क्रमशः क्यानन ईओएस डिएसएलआर ७०डि, ७५०डि, १३००डि प्रदान गरेका थिए । त्यस्तै चौथो र पाँचौ लाइ विशेष पुरस्कार प्रदान गरियो भने उत्कृष्ट विस जना लाई गिफ्ट हृयाम्पर प्रदान गरिएको थियो । यस अवार्डमा देशभरबाट ६८६ वटा फोटोहरु सहभागी भएका थिए । यस अवार्डमा उत्कृष्ट सयमा पर्न सफल  फोटोहरुको प्रदर्शनी नेपाल आर्ट ग्यालरी बबरमहलमा जेठ ३०, ३१ र ३२ गते तिन दिन सम्म हुनेछ ।

Wedding Photo Award 2016 (2)

अवार्ड कार्यक्रमको उद्घाटन संस्कृती, पर्यटन तथा नागरीक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेल गरेका थिए ।  कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले नेपालको पर्यटन प्रवद्घनमा फोटोग्राफरको ठुलो भूमिका रहेको कुरा बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले फोटोग्राफी पेशालाई कसरी आकर्षक र सिर्जनात्मक बनाउनुपर्नेमा जोड दिँदै प्रविधिले पेशालाई चुनौती दिए पनि नयाँ अवसर हरु पनि सिर्जना गरेको  विचार राखेका थिए । कार्यक्रममा  व्यावसायीक फोटोग्राफर तथा निर्णायक  राजभाई सुवाल,  क्याननको तर्फबाट सुनिल त्रिवेदी तथा फोटो कन्सर्न प्रा.लि. का दिनेश अर्यालले मन्तव्य दिएका थिए । त्यस्तै पोखरा फोटोग्राफर संघका अध्यक्ष गुरुप्रसाद तिवारी तथा चितवन फोटोग्राफी संघका श्रीराम कंडेलले पनि मन्तव्य दिएका थिए । कार्यक्रमका संयोजक तथा पूर्वअध्यक्ष बालकृष्ण श्रेष्ठले विवाह फोटोग्राफीमा राम्रो भविष्य रहेको र फोटोग्राफरहरुले आफुलाई समयानुकुल परिवर्तन गरी ग्राहकको चाहाना अनुसार काम गर्न सकेको खण्डमा विवाह फोटोग्राफीबाट राम्रो संग जिविकोपार्जन गर्न सकिने बताए । उहाँले यो अवार्ड कार्यक्रमबाट विवाहमा गरीने नेपाली संस्कृतीलाई विश्व सामु चिनाउन सकिने पनि धारणा व्यक्त गरे । कार्यक्रममा क्याननका अफिसियल फोटोग्रफर आयसु माथेमाले फाटोग्राफी सम्वन्धि टिप्सहरुको विशेष प्रस्तुति प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष भवदेव थापाले नयाँ प्रविधि र सिपलाई सही उपयोग गरेर अगाडि बढ्न सकेको खण्डमा मात्रै यो व्यवसाय सुरक्षित हुने बताए  फोटोग्राफी पेशा सिर्जनशील पेशा हो र यसका लागि ज्ञान, सिप, दक्षता र आवश्यक न्यूनतम पूर्वाधार तथा साधनहरु व्यवस्था गरेर मात्र व्यावसायिकरुपमा फोटोग्राफी  आग्रह  गरे ।
अवार्ड कार्यक्रममा ५०० भन्दा बढि फोटोग्राफरहरु उपस्थित भएका थिए ।

प्रतिक्रिया