नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय संगठन विभाग समितिले पूर्णता पाएको छ ।

इनेप्लिज २०७३ जेठ २७ गते १९:०१ मा प्रकाशित

njss-new-logo

नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय संगठन विभाग समितिले पूर्णता पाएको छ । नेपाली जनसम्पर्क समिति, अमेरिकाका संगठन बिभाग प्रमुख वेदप्रसाद खरेलले संगठन बिभागलाई पूर्णता दिनु भएको छ । नेपाली जनसम्पर्क समिति, अमेरिकाको बिभिन्न च्याप्टरका सभापति र सदस्यहरुका साथै च्याप्टरहरुबाट प्राप्त सिफारिशका आधारमा विभागलाई ३१ सदस्यीय बनाई पूर्णता दिइएको केन्द्रीय सदस्य समेत रहनु भएका संयोजक खरेलले जानकारी दिनु भएको छ |

विभागको सदस्य सचिवको जिम्मेवारी लंग आइल्याण्ड च्याप्टरका सभापति विश्व बाँस्तोलालाई दिइएको छ | संगठन विभागलाई अन्य विभागभन्दा बढी प्रभावशाली मानिन्छ |
संगठन विभाग तपसिल बमोजिम रहेको छ :

प्रमूख: वेदप्रसाद खरेल
सदस्य सचिब : विश्व बाँस्तोला लंग आइल्याण्ड च्याप्टर
सदस्यहरू:

दुर्गाप्रसाद श्रेष्ठ,मेरिल्याण्ड च्याप्टर
ज्ञानदीप लामा, सन् फ्रान्सिस्को च्याप्टर
अनन्तराज सुवेदी, न्यू योर्क च्याप्टर
सन्तोष विष्ट, डलास् च्याप्टर
अनुप श्रीवास्तव, जर्जिया च्याप्टर
प्रियरन्जन दाहाल ,युटा च्याप्टर
ऋषी गैह्रे, सिकागो च्याप्टर
कौशल यादव, अस्टिन च्याप्टर
दिनेश पाण्डे, बोस्टन च्याप्टर
शुसिल चौधरी , सिकागो च्याप्टर
कमला पन्त, न्यूयोर्क च्याप्टर
प्रेमक़ाज़ी श्रेष्ठ, कोलोराडो च्याप्टर
महेन्द्र शाह, न्यूयोर्क च्याप्टर
रामचन्द्र लामिछाने, लस एन्जलस च्याप्टर
सञ्जीव श्रेष्ठ, न्यूजर्सी च्याप्टर
बावुराम दवाडी, नर्थ क्यारोलिना च्याप्टर
उर्मिला श्रेष्ठ, रोड आइल्याण्ड च्याप्टर
पदम ठकुराठी, अस्टिन च्याप्टर
हरि ढकाल, वेस्ट टेक्सास च्याप्टर
बिनोद थापा, लंग आइल्याण्ड च्याप्टर
शिव ढकाल, सन् फ्रान्सिस्को च्याप्टर
दिपक घिमिरे, डलास च्याप्टर
उमेश थापा, न्यूयोर्क च्याप्टर
राज श्रेष्ठ, कनेक्टिकट च्याप्टर
धनश्याम सुबेदी, न्यू हाम्पसायर च्याप्टर
यम लामिछाने, न्यूयोर्क च्याप्टर
गोबिन्द सुबेदी, भर्जिनिया च्याप्टर
पिताम्बर अघिकारी, कनेक्टिकट च्याप्टर र
अर्थराज कोइराला, डलास च्याप्टर रहनुभएको छ ।

संयोजक खरेलले विभागमा मनोनित हुनु भएका सबै सदस्यहरुलाई बधाई दिदैं विभाग सदस्यसहित अमेरिकाभर रहेका नेपाली जनसम्पर्क समितिका सबै सदस्यहरूको सहयोगले नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठन बिस्तार,संगठन सुदृढ़ीकरणको ब्यापक अभियान चलाईने जनाउनु भएको छ |

विभागीय जिम्मेवारी पाउनु भएका सबै सदस्यहरु संगठनलाई सुदृढ र संगठित बनाउने कार्यमा थप सक्रिय भै लाग्नु हुने विश्वास संयोजक खरेलले लिनु भएको छ |

गोकुल ढकाल
प्रचार विभाग

प्रतिक्रिया