डा० अर्जुन कार्कीबाट INLS रजत जयन्तीको ऊद्घाटन, अन्तरकृया र काब्य गोस्ठी

इनेप्लिज २०७३ जेठ २७ गते १५:३३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रजतजयन्ती यही जुन ४ र ५, २०१६ मा अमेरिकाको भर्जिनियामा बिबिध कार्यक्रमका बीच सम्पन्न भएको छ । जुन ४, २०१६ का दिन भर्जिनियामा आयोजित एक समारोहमा रात्रिभोजको आयोजनाको अबसरमा बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्की, केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम बिश्वकर्मा र संस्थापक अध्यक्ष होमनाथ सुबेदीले सयुक्तरुपमा केक काटेर रजतजयन्ती कार्यक्रम शुभारम्भ गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन जुन ५, २०१६ का दिन बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्कीको सभापतित्वमा आयोजितउद्घाटन समारोहको कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की र डा. श्याम कार्कीले संयुक्तरुपमा बेलुन उडाएर रजतजयन्ती समारोहको उदघाटन गर्नु भएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथिहरुबाट साहित्यकारको तस्वीरमा माल्यार्पण पश्चात पन्च कन्याहरुबाट नेपाली र अमेरिकन राष्ट्रिय गित प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष पदम विश्वकर्माले स्वागत मन्तब्यबाट स्वागत र छन्द कवि दुर्गा रिजालले स्वागत कविताबाट स्वागत गरिएको थियो ।

 

 

प्रतिक्रिया