चट्याङले लघुजलविद्युत् आयोजनामा क्षति

इनेप्लिज २०७३ जेठ २७ गते ८:५६ मा प्रकाशित

भोजपुर, २७ जेठ । गएराति परेको चट्याङ्का कारण भोजपुरको पूर्वी बालङ्खा गाविसमा रहेको बुवाखोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

राति २ः३० बजेतिर परेको चट्याङ्ले ११ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना पूर्णरुपमा क्षति भएको छ ।

चट्याङले १५ भन्दा बढी घरमा क्षति पुगेको छ । पोलमा अर्थिङ नभएका कारण चट्याङ परेको हुन सक्ने स्थानीयवासीको भनाइ छ ।

चट्याङमा परी पाँच जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको स्थानीयवासी राजकुमार खत्रीले जानकारी दिनुभयो ।

सो आयोजनाबाट बालङ्खाका ८९ घरमा विद्युत् वितरण गरिएको थियो ।

प्रतिक्रिया